site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

गौशाला । कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले आइतबार साँझ जेल चलान गरेको छ । 

जेल चलान हुनेमा जिल्लाको भंगहा नगरपालिका– ९ बस्ने ६० वर्षीय रामेश्वर सदा मुसहर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

विसं २०६२ असार १५ गते महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सदालाई २० वर्ष कैद सजाय तोकेकामा उनी फरार रहँदै आएको थिए । बाह्र वर्षदेखि भारतमा गई लुकेर बस्दै आएका सदा घर आएको खबर पाउनासाथ आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई घरैबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कडायतले बताए । 

आइतबार पक्राउ गरिएका सदालाई सोही दिन प्रहरीले महोत्तरी जिल्ला अदालतमा पेश गर्दा अदालतले उनलाई कैद भुक्तानका लागि आइतबार साँझ जलेश्वर कारागारमा पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०७४  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC