site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आइपुग्ला त वैशाखमा मेलम्चीको पानी ? यस्तो छ प्रगति विवरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले मेलम्ची खोलाकोे पानी आगामी वैशाखभित्रमा काठमाडौं उपत्यकामा आइपुग्ने बताएको छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको २६ किमी सुरुङ करिब सम्पन्न भइसकेकाले वैशाखभित्रमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकाबासीले उपभोग गर्न पाउने आयोजनाको दाबी छ । 

सुन्दरीजलमा ८.५ करोड लिटरका दुईवटामध्ये एउटा प्रशोधन केन्द्र बनिसकेको र परीक्षणसमेत गरिसकेकाले यहाँसम्म पानी आएपछि प्रशोधनका लागि कुनै समस्या नरहेको आयोजनाले बताएको छ । 

“सुन्दरीजलमा एउटा प्रशोधन केन्द्र बनाइसकेका छौं । माथि सुरुङचाहिँ २६ किमीमध्ये ९ सय मिटरमात्र बन्न बाँकी छ, नयाँ वर्षको उपहारस्वरुप उपत्यकाबासीले वैशाखदेखि मेलम्चीको पानी खान पाउनेछन्,” मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इञ्जिनियर राजेन्द्रप्रसाद पन्तले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

मेलम्ची खोला र सुन्दरीजलको प्रशोधन केन्द्रबीचमा पर्ने २६ किमी सुरुङका बीचमा ३ वटा अडिट सुरुङ राखिएका छन् । अडिट सुरुङबाट मुख्य सुरुङका दुवैतर्फ ब्लास्ट गरेर चट्टान फुटाइन्छ ।

“फुटेका चट्टान अडिट सुरुङबाट मक लोडर पसेर निकाल्छ,” इञ्जिनियर पन्तले बताए । हाल अम्बाथानदेखि ग्याल्थुम हुँदै सिन्धुसम्मको ९ सय मिटरमा मात्रै बम ब्लास्ट गरी सुरुङ बनाउन बाँकी रहेको उनले जानकारी दिए । यस क्षेत्रमा नरम चट्टान भएका कारण ब्लास्ट गर्दा यसको धक्काले अरु समस्या बढाउने भएका कारण त्यहाँ कार्यरत प्राविधिकहरुले हाल यही विषयमा गहन अध्ययन गरिरहेको उनले बताए । 

Global Ime bank

प्राविधिकहरुका अनुसार चट्टानलाई कडापनका आधारमा ‘रक १’ देखि ‘रक ५’ सम्म वर्गीकरण गरिन्छ । इञ्जिनियर पन्तका अनुसार हाल काम भइरहेको स्थानमा ‘रक ४’ वर्गका चट्टानहरु देखिएका छन् । 

काम सम्पन्न भएपछि मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका भित्र्याउने आयोजनाको लक्ष्य छ । यसका साथै सिन्धुपाल्चोक जिल्लाकै याङ्ग्री र लार्के खोलाबाट पनि १७–१७ करोड लिटर खानेपानी उपत्यका ल्याउने आयोजनाको थप लक्ष्य छ । 

याङ्ग्री र लार्केको पानी उपत्यका ल्याउने योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आगामी ३ महिनामा बनिसक्ने पनि पन्तले बताए ।  हाल उपत्यकामा दैनिक ३७ करोड लिटर खानेपनीको माग रहे पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सुन्दरीजललगायत विभिन्न स्थानीय जलाशबाट संकलन गरी दैनिक १० करोड लिटर खानेपानी वितरण गर्दै आएको छ । बाँकी खानेपानीको माग जमिनमुनीको पानीले धानिरहेको छ । 

दुई दशकदेखिको सपना मेलम्ची
 

२०४८ मा तत्कालीन सरकारले सिन्धुपाल्चोक जिल्लास्थित मेलम्चीको पानी उपत्यका ल्याउने महत्वाकांक्षी योजना अघि सारेको थियो । यो योजनाको काम ०५६ को सरकारले एसियाली विकास बैंकको आर्थिक सहयोगमा सुरु गरेको थियो ।

काठमाडौंबाट मेलम्चीसम्म पहुँच मार्ग र पूर्वाधर निर्माणमा स्थानीय बासिन्दाले  विभिन्न माग राखेका कारण योजना अघि बढ्न नसकेको मेलम्ची खानेपानी आयोजनाले बताउँदै आएको थियो । 

मेलम्चीका स्थानीय बासिन्दाको मुआब्जा, सामाजिक सुरक्षा, क्षतिपूर्तिलगायत विभिन्न मागको सम्बोधन भएर पहुँच मार्ग निर्माणपछि २०६७ सालबाट सुचारु भएको यस आयोजनामा हालसम्म २३ अर्ब ६६ करोड खर्च भइसकेको छ । 

९० प्रतिशत पाइपलाइन पूरा 
 

मेलम्ची खानेपानी वितरणका लागि उपत्यकाका ९० प्रतिशत घरमा पाइपलाइन विस्तार भइसकेको मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । 

“उपत्यकाका सबै ठाउँमा पाइपलाइनका साथै इन्टेकहरु बनाइरहेका छौं,” उनले भने, “अबको ३ महिनामा पाइपलाइन बिछ्याउने र धारा जोड्ने काम सकिनेछ ।” 
उपत्यकामा सवारीको चाप अत्यन्त रहने तर वैकल्पिक सडक नभएकाले सडक खन्दा सवारी आवागमनमा बाधा पुग्नाले रातको समयमा काम गर्नुपरेकाले काममा ढिलाइ भइरहेको पनि प्रवक्ता ढकालले बताए ।

“उपत्यकाबासीले यस्तो सास्ती अब धेरै दिन खेप्नु पर्दैन, फागुनसम्ममा सम्पूर्ण सडकमा पाइप बिछ्याई सक्नेछौं,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०७४  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC