site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं, रासस । काठमाडौं महानगरपालिकाले खुलामञ्चको बसपार्क व्यवस्थित गर्न नसक्दा यात्रुमा दिनहुँ दुर्घटना हुनसक्ने त्रास बढेको छ । 

बागबजारको पुरानो बसपार्कमा महानगरले नै काठमाडौँ भ्यू टावर बनाउन दिएपछि बस राख्ने स्थल खुलामञ्चमा सारिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

एक वर्षअघि बनाइएको बसपार्क गुणस्तरीय नभएका कारण कालोपत्रे उक्किएर खाल्डाखुल्डीमा परिणत भएको छ । बसपार्कभित्र यात्रुका लागि सवारी साधान कुरेर बस्ने सिँढी नहुँदा यत्रतत्र उभिन बाध्य हुनुपर्छ । 

हिउँदमा बेलुकी ५ः०० बजे नै अँध्यारो हुन्छ तर बसपार्कमा बत्तीको व्यवस्था नहुँदा बेलुकी मोटरसाइकल, कार, जिपलगायतका सवारी साधन बसपार्कबाट निस्कँदा र पस्दा सधैँ यात्रुलाई ठक्कर दिनसक्ने त्रास बढेको यात्रु केशवप्रसाद भण्डारी गुनासो गर्छन् । 
“बसपार्क निर्माण भई एक वर्षदेखि यहाँबाट यातायात सञ्चालन भए पनि अहिलेसम्म बत्तीको व्यवस्था छैन, बेलुकी सवारी साधन पर्खने क्रममा सवारीको एकोहोरो बत्तीले केही देख्न सकिन्न । सवारी साधनले हानेर दुर्घटनामा परिने डर छ । महानगरका जनप्रतिनिधिले जनताको करबाट मोवाइललगायतका सुविधाको उपभोग गर्दा पनि यो समस्याबारे जानकारी लिएका छैनन्,” उनले भने । 
बसपार्कमा वीर अस्पताल अगाडिबाट सवारी साधन निरन्तर गुडिरहँदा सवारी साधन कुर्ने यात्रु दुर्घटनामा पर्नसक्ने अवस्था छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दरबारमार्ग वृत्तका ट्राफिक प्रहरी यहाँ खटाए पनि मोटरसाइकल, कार, जिपलगायत सवारी साधनलाई बसपार्क भित्र प्रवेशमा रोक नलगाइएको सम्बद्ध यात्रुको भनाइ छ । 

Global Ime bank

महाशाखाका प्रवक्ता उमेश रञ्जीतकार मोटरसाइकल, कार र जिपलगायत निजी सवारी साधनमा आफ्ना मानिस पुर्याउन र लिन जाने निहुँमा बसपार्क छिर्ने गरेको स्वीकार्छन् । सार्वजनिक बाहेकका खाली सवारी साधन पनि रत्नपार्क घुमेर जानुभन्दा छिटो हुने भएकाले बसपार्कबाटै छिरेर निस्कने गरेका छन् । 

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की खुलामञ्चको बसपार्क अस्थायी प्रकृतिको भएकाले व्यवस्थित हुन नसकेको बताउँछन् । “पहिले बसपार्क रहेको स्थानमा काठमाडौँ भ्यू टावर निर्माण भइसकेपछि त्यसको तल्लो तलामा बसपार्क सर्छ तर यो अस्थायी भएकाले पनि बत्तीलगायत मर्मत सम्भारमा ध्यान नगएको हो,” उनले भने । 
भ्यू टावर निर्माणमा वर्षौं लाग्ने भएकाले यहाँबाट उपत्यकाका सबै स्थानमा जाने र आउने सवारी साधनका लागि बसपार्क व्यवस्थित बनाइनुपर्ने यात्रुको माग छ तर तीन महिनादेखि वीरअस्पताल अगाडिको फुटेको ढल मर्मत नभएको प्रवक्ता कार्की बताउाछन् । अस्पतालले ढल नबनाउँदा बसपार्क क्षेत्र ढलमय बनेको उनको गुनासो छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०७४  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC