site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रेस चौतारी नेपालले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघनका विषयमा समाचार संकलनमा गएका पत्रकारमाथि खोटाङमा आक्रमण गरिएको भनिएको घटनाको निन्दा गरेको छ । 

यही मंसिर ८ गते राति ८ बजे नेपाली कांग्रेसतर्फबाट प्रदेशसभाका उमेदवार बनेका सुवास पोखरेलको समूहले रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ स्थित आचार्य गाउँमा रात्रिभोज र पैसा वितरण गरेको सुनेर समाचार संकलन गर्न पुगेका प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं ‘जनबोली न्यूज डटकम’का सम्पादक सइन्द्र राई, कोषाध्याक्ष इन्द्र आचार्य र केन्द्रीय सदस्य हरिबोल आचार्य ९‘हलेसी’ साप्ताहिकका प्रधानसम्पादक० माथि साङ्घातिक आक्रमण गरिएको चौतारी केन्द्रीय कार्यालयले जनाएको छ । 

उनीहरुका समाचार संकलनका सामग्री मोटरसाइकल, ब्ल्युबुक, सवारी अनुमतिपत्रसहित एटिएम कार्ड, थैली र तीन तोलाको सुनको सिक्रीसमेत लुटिएको बताइएको छ । चौतारीका उपमहासचिव हीरामान लामाले आज जारी गरेको विज्ञप्तिमा मौन अवधिमा भोज खुवाएको बेला आएको भन्ने नाममा गरिएको आक्रमण निन्दनीय र लोकतान्त्रिक आचरणविरुद्ध भएकाले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न माग गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०७४  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC