site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास सम्बन्धी स्नातकोत्तर तहमा अध्ययन अध्यापन शुरु हुने भएको छ । काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेशनले दक्षिण एशियामा नै पहिलो पटक आगामी वर्षदेखि सो विषयमा अध्यापन शुरु गर्न लागेको हो । नेपालमा हाल सो विषयमा स्नातक तह वा सो सरहसम्म मात्र अध्यापन भइरहेको छ । 

सार्क क्षेत्रका देशले समेत यस विषयमा सो तहमा अध्यापन शुरु नगरेका बताइन्छ । “एकातर्फ सरकारी विश्वविद्यालयबाट उत्पादन भएका जनशक्तिले बजारमा आफ्नो ज्ञान र सीप बेच्न मुस्किल छ अर्कोतर्फ निजी क्षेत्रले खोजेको जनशक्ति बजारमा पाउन धौधौ छ । 

यस्तो अवस्थालाई अन्त्य गर्न बजारको माग अनुरुप नयाँ विषयमा अध्यापन शुरु गर्न लागेका हौँ ।” केयु स्कुल अफ एजुेकेशनका डिन प्राडा महेशनाथ पराजुलीले भने ।  

Agni Group

उनका अनुसार दुई वर्षे सो कोर्स चार सेमेष्टरमा पूरा हुनेछ । हरेक सेमेष्टरमा अभ्यास (प्राक्टिकल) गर्ने पर्ने बाध्यता रहेको छ । अभ्यासका लागि केयुको आफ्नै तालीम केन्द्र समेत रहेको छ । पाठ्यक्रमका लागि शिक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक तालीम तथा शिक्षा परिषद्सँग सहकार्य भएको छ । सो कोर्स पूरा गर्न रु तीनलाख शुल्क लाग्ने जनाइएको छ । 

प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास विषय अन्तर्गत प्राविधिक र व्यावसायिक गरी अलग÷अलग विधा अन्तर्गत २५÷२५ जना गरी कूल ५० जना विद्यार्थीलाई मात्र अध्यापन गराउने डिन प्राडा पराजुलीले जानकारी दिए ।  

Global Ime bank

अध्यापन हुने विषयका पाठ्यक्रम अन्तिमचरणमा पुगेको विश्वविद्यालयले जनाएको छ । यसका लागि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित अन्य मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघलगायत प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास सहयोग गरिरहेका नेपालस्थित दातृ निकायसँग समन्वय एवं छलफल समेत भइरहेको केयु स्कुल अफ एजुकेशनका प्राध्यापक डा प्रकाश भट्टराईले जानकारी दिए ।  

एक अध्ययनका अनुसार नेपालको आर्थिक एवं सामाजिक विकासमा सहयोग गरेका अन्तर्राष्ट्रिय दातृ निकायका सहयोगमध्ये एक तिहाइ सहयोग नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापनमा नै खर्च हुने बताइएको छ । उसो त भूकम्प पुनःनिर्माण अन्तर्गत कति रकम प्राविधिक र व्यावसायिक शिक्षा तालीममा खर्च भइरहेको छ भन्ने एकीन जानकारी कुनै निकायसँग छैन । 

नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापनका कार्यक्रम शुरु भएको ७० वर्ष पूरा भइसकेको छ । “यस विषयको अध्ययनबाट स्वरोजगारी हुने त छँदैछ, नेपालको भूगोल अनुसारको यहाँ कस्तो सीप, दक्षता आवश्यक पर्छ ,यस अनुरुपका कृषि, पर्यटन, वन लगायतका क्षेत्रमा अध्ययनकर्ताले आफ्ना ज्ञान र सीपको सही उपयोग गर्नेछन् ।” प्राडा भट्टराईले भने ।  

पछिल्लो समय प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण ह्वात्तै बढे पनि अध्ययन गरेअनुसारको रोजगारी स्वदेशमा पाउन नसक्दा विदेशिनेको संख्या पनि बढेको छ । वन, कृषि, स्वास्थ्य, पर्यटन, व्यवस्थापनलगायतका जुनसुकै विषयमा स्नातक गरेका अथवा ती विषय उत्तीर्ण गरी उच्च व्यवस्थापनमा काम गरिरहेकाले सो विषय अध्ययन गर्न सक्ने विश्वविद्यालयले जनाएको छ । 

विश्वविद्यालयले सीप सिक्ने र सिकाउने बीचमा व्यवस्थापन गरी स्वदेशभित्र नै आफ्ना ज्ञान र सीपको अधिकतम प्रयोग गर्नसक्ने बनाउन सो विषयको अध्यापनले टेवा पुग्ने विश्वास लिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०७४  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC