site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्वाचनको तेस्रो घेरामा सेना, ६४ हजार परिचालित
Sarbottam CementSarbottam Cement

काठमाडौं । आशन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुरक्षाको तेस्रो घेरामा रही आवश्यक सुरक्षासँगै मतपत्र छपाइ सुरक्षा, निर्वाचन सामग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षालगायतमा सक्रिय रहने नेपाली सेनाले जनाएको छ । 

सेनाका अनुसार पहिलो तथा दोस्रो चरणको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइमा सुरक्षा प्रदान गर्ने जिम्मेवारी सेनाले पाएको छ । निर्वाचनका लागि ६४ हजार २० जना सुरक्षाकर्मी खटिएका छन् । सेनाले पहिलो चरणको निर्वाचनको लागि मतपत्र ढुवानी सकिएको र दोस्रो चरणमा निर्वाचन हुने ४५ मध्ये अधिकांश जिल्लामा मतपत्र ढुवानी सकिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, नेपाली सेनालाई कारागार तथा विमानस्थलको सुरक्षाको जिम्मेवारी दिइएको छ ।  देशभरका ५३ वटा कारागार र २३ वटा विमानस्थलको सुरक्षामा सेना खटिएको छ ।

३३ शंकास्पद  वस्तु निस्क्रिय
सेनाले हालसम्म देशका विभिन्न ३३ स्थानमा भेटिएको शंकास्पद वस्तु तथा बम निस्क्रिय पारेका छ । पाँचथरको फिदिम, फाकफोकथुम र हिलिहाङ्ग, जाजरकोट जिल्लाको चौरजहारी, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र बाह्रविसे, रोल्पा जिल्लाको भदौरे, रामेछाप जिल्लाको खाडाँदेवी, ओखलढुङ्गा जिल्लाको मोलुङ, लमजुङ्ग जिल्लाको वेसिशहरमा भेटिएका शंकास्पद बस्तु निस्क्रिय पारेको सेनाले जनाएको छ ।

Global Ime bank

त्यसैगरी पर्वत जिल्लाको कुश्मा, धादिङ्ग जिल्लाको निलकण्ठ, गजुरी, गल्छी र घाटबेशी, बाग्लुङ्ग जिल्लाको बढीगाउँ र निशिखोला, अछाम जिल्लाको साँफेबगर, संखुवासभा जिल्लाको धर्मदेवी, रुपन्देही जिल्लाको बुटवल, रौतहट जिल्लाको गुजरा र कटानी, रसुवा जिल्लाको उत्तरगया, चितवन जिल्लाको भरतपुर, खोटाङ्ग जिल्लाको हलेसी, गोर्खा जिल्लाको गण्डकी र सिरानुचोक, नुवाकोट जिल्लाको शिवपुरी र विदुर, दाङ्ग जिल्लाको शान्तिनगर, कालिकोट जिल्लाको छाती, नवलपरासी जिल्लाको देवचुली एवं दोलखा जिल्लाको भिमेश्वर नगरपालिका गरी जम्मा ३३ स्थानहरुमा फेला परेका शंकास्पद वस्तु, बम तथा आई.ई.डी.हरु सुरक्षितसाथ डिस्पोज गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC