देश
कपिलवस्तु । शिवराज नगरपालिका–८ बिसुनपुरमा आज ट्रयाक्टरको ठक्करबाट आठवर्षीय बालकको मृत्यु भएको छ ।
धर्मनगरबाट बिसुनपुर जाँदै गरेको लु ३ त २७४० नंको ट्रयाक्टरले शिवराज नगरपालिका–६ मजिगवाका राजाराम तेलीका छोरा असर्फीलाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । असर्फी साइकलको पछाडि बसेका थिए । साइकल चलाउने उनका दाजु सामान्य घाइते भएका छन् । रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४ १८:५७
प्रतिक्रिया दिनुहोस्