site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सन्तपुर नमुना बस्ती बनाउन धुर्मुस–सुन्तलीलार्इ साउदीबाट जुट्यो ५१ लाख
Sarbottam CementSarbottam Cement

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकामा धुर्मुस–सुन्तलीले बनाउँदै गरेको सन्तपुर एकीकृत नमुना बस्तीका लागि साउदीबाट ५१ लाख रुपैयाँ संकलन भएको छ । पारिवारिक समाज नेपाल र सिटी एक्सप्रेस मनी ट्रान्सफरको संयुक्त आयोजनामा गत नोभेम्बर १७ तारिखका दिन रियादमा आयोजना गरिएको ‘धुर्मुस सुन्तली साँझ’ र साउदीमै कार्यरत नेपालीबाट उक्त रकम जुटेको सीताराम कट्टेल अर्थात् धुर्मुसले जानकारी दिए ।

शुभकामना साँझबाट साउदी रियाल ७२ हजार ३४७ र साउदी अरबस्थित रियाद, हापुफ, दबाम र जुवेलका विभिन्न कम्पनीमा कार्यरत नेपालीबाट १ लाख १४ हजार ८१ रियाल गरी जम्मा १ लाख ८६ हजार ४२८ अर्थात् करिब ५१ लाख ६ हजार २६२ रुपैयाँ सहयोग जुटेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

“साउदीबासी नेपाली दाजुभाइ दिदीबहिनीले स्वःफुर्त गरेको सहयोगले हामी हर्षित र भावुक भएको छौँ,” कट्टेलले बाह्रखरीसँग भने, “आफ्नो परिवारलाई रकम नपठाएर धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग भएको छ । हामी सम्पूर्ण सहयोगी मनहरूप्रति कृतज्ञ छौँ ।”

अभियानमा साथ दिने पारिवारिक समाज नेपालका अध्यक्ष अमृत पौडेललगायत सम्पूर्ण पारिवारिक समाज समूह, सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन, साउदी अरबस्थित नेपाली राजदूत डा. महेन्द्रप्रताप सिंह राजपूत, टेलीमनी साउदीका जितेन्द्र थपलियाप्रति कट्टेलले कृतज्ञता व्यक्त गरेका छन् । 

Global Ime bank

२ करोड ९४ लाख अझै अपुग
बस्ती बनाउन २ करोड ९४ लाख रकम अझै अपुग भएको कट्टेलको भनाइ छ । “संसारभर छरिएर रहेका नेपाली र नेपालभाषीको सद्भावले बस्ती ठड्याउन कस्सिएका छौँ । माघ २४ गतेसम्ममा रकम जुट्नेमा विश्वस्त छौँ,” उनले बाह्रखरीसँग भने ।

हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को धुर्मुस सुन्तली फाउन्डेशनको यो चौथो परियोजना हो । यसअघि फाउण्डेशनले काभ्रेको डाँडागाउँमा पहरी बस्ती, सिन्धुपाल्चोक गिरानचौरमा एकीकृत नमुना बस्ती र महोत्तरी बर्दिबासमा एकीकृत मुसहर बस्ती निर्माण गरिसकेको छ ।

त्यस्तै, पाँच अर्ब लागत परियोजनाको ‘नमुना नेपाल, नेपालभित्रको नेपाल’ परियोजना पनि फाउन्डेसनले निर्माण गर्ने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC