site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सजिलो छैन सरकारी निःशुल्क उपचार सेवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । बायाँ मृगौलाले काम गर्न छाडेपछि सर्लाहीका हिरा विक उपचारका लागि राजधानी आए । हिरालाई सर्लाहीको एक स्थानीय अस्पतालले तत्काल उपचार गराउनू भनेर काठमाडौं रिफर गरेर पठाएको थियो । तर, राजधानी आएको एक साता बितिसक्दा पनि उनको उपचार सुरु हुन सकेको छैन । हिरा यतिवेला दुखाइ कम गर्ने औषधी खाँदै अस्पतालमा पालो कुरेर बसेका छन् । 

सुर्खेतका मनोज महर्जनको समस्या पनि हिराको भन्दा फरक छैन ।   मनोजलाई सुर्खेत अस्पतालले मृगौलाको डायलासिस र अन्य उपचारका लागि राजधानीको विर अस्पताल रिफर गरेको थियो । उनी पनि काठमाडौं आएको एक साता बितिसक्यो तर, पालो आएको छैन ।

मनोज र हिरा सरकारले दिने निःशुल्क उपचारका लागि पालो कुरिरहेका प्रतिनिधि बिरामी हुन् । उनीहरुजस्ता थुप्रैले झन्झटिलो सरकारी प्रक्रिया र बिरामीको चापका कारण समयमा उपचार पाउन सकिरहेका छैनन् । “सरकारले निःशुल्क उपचार गराइदिने भनेपनि समयमा उपचार नपाउँदा ऋण खोजेर उपचार गर्नुपर्ने अवस्था आयो,” मनोज गुनासो गर्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले विपन्न नागरिकलाई निःशुल्क उपचार दिने योजना ल्याएको  ६ वर्ष भइसक्यो । तर, बिरामीे सहज रुपमा सेवा लिन भने पाएका छैनन् । सरकारले उपचारमा धेरै खर्च लाग्ने र जटिल प्रकृतिका ८ किसिमका कडा रोगहको उपचारका लागि आर्थिक सहयोग दिने गरेको छ । यस्ता रोगहरुमा मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया छन् । 

विपन्न उपचार सेवा लिन रोगको पहिचान भएको मेडिकल रिपोर्टसहित  जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिससहित सरकारले तोकेको सूचीकृत अस्पतालमा जानुपर्छ ।

Global Ime bank

सरकारले निःशुल्क उपचार सेवा जिल्लाहरुमा विस्तार गरेको छ । तर, जिल्लाका अस्पतालमा दक्ष जनशक्ति नहुँदा बिरामी राजधानी नै धाउनुपर्ने वाध्यता छ । सरकारले दिएको एक लाख रुपैयाँले यहाँ आएर उपचार अवधिभर खान बस्न पनि गाह्रो हुने विरामीहरु बताउँछन् ।

वीर अस्पतालको सामाजिक एकाई प्रमुख मणिराम श्रेष्ठ विपन्न उपचार सेवामा बेवारिसे बिरामीको चाप बढ्दै गएकाले सेवा प्रवाहमा समस्या भइरहेको बताउँछन् । उनले भने, “दैनिक ५ जनासम्म आफ्नो कोही नभएको बिरामी एक्लै आउने गरेका छन् । त्यस्ता बिरामीलाई सेवा दिन नै गाह्रो भएको छ ।” उनका अनुसार दैनिक २५ जनासम्म हेमोडाइलासिसका बिरामी आउने गरेका छन् र सबैलाई एकै दिन सेवा दिन नसकिने भएकाले बिरामी फिर्ता गनुपर्ने अवस्था छ ।

वीर अस्पतालका निर्देशक भुपेन्द्र बस्नेत अस्पतालमा विपन्नलाई सहज  किसिमले निःशुल्क उपचार सेवा दिन पर्याप्त जनशक्ति र उपकरणको व्यवस्था गनुपर्ने बताउँछन् । 

वीरमा मात्र होइन, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि सरकारी सहुलियतको उपचार गर्न आउने बिरामीको लामो लाइन देखिन्छ । अस्पताल परिसरमा भेटिएकी  धादिङकी गोमा रिजालले ४ दिन कुर्दामात्र क्यान्सरको उपचार सुरु भएको बताइन् । “निःशुल्क सेवाको बारेमा थाहा नहुँदा धैरै हैरान भएँ । प्रक्रिया नबुझ्दा पनि धेरैतिर भौंतारिनुपर्यो,” रिजालले सुनाइन् । 

जनशक्ति र उपकरणभन्दा बढी बिरामीको चापका भएका कारण समयमै सेवा दिन गाह्रो भएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दीपक महरा बताउँछन् । पर्याप्त जनशक्ति र उपकरण भए सेवा सहज हुने उनको भनाइ छ ।

सेवा सुरु गरेदेखि अहिलेसम्म हजारौं नेपालीले सहुलियतको उपचार सेवा लिइसकेको सरकारी दाबी छ । आर्थिक वर्ष ०७३–०७४ मा १७ हजार ४ सय ७१ विभिन्न रोगका बिरामीहरुले उपचार गराएका छन् । यसमध्ये १२ हजार ४ सय ६७ नयाँ र ५ हजार ४ सय पुराना रोगी रहेको स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधि शाखाले जनाएको छ । 

विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत देशभरका ४१ वटा अस्पतालमा मिर्गौलाको उपचार र सिकलसेल एनिमिया, ९ वटा अस्पतालमा मुटु, स्पाइनल इन्जुरी तथा हेड इन्जुरी र ५ वटा अस्पतालमा अल्जाइमर्सका साथै पार्किन्सन्स रोगको उपचार सेवा दिने व्यवस्था गरिएको छ । चालू आर्थिक वर्षमा सरकारले विपन्न उपचार सेवाका लागि १ अर्ब १८ करोड ९० लाख रुपैयाँ छुट्याएको छ । चालू आवको अहिलेसम्ममा १४२ जनाले निःशुल्क मिर्गौला प्रत्यारोपण गराएका छन् भने ४ हजार १ सय ८२ जनाले निःशुल्क डायलासिस र ८८ जनाले पेरिटोलियल डायलासिस गराएका छन् । 

त्यस्तै मुटुका ३ हजार ३ सय ४२, स्पाइनल इन्जुरीका १ सय ८२, हेड इन्जुरीका  ६७, पार्किन्सन्सका १७, अल्जाइमरका ९ जना र सिकलसेल एनिमियाका ५ सय ६८ बिरामीले पनि निःशुल्क उपचार सेवा लिएको तथ्यांक छ । मिर्गौला रोगीले काठमाडौं उपत्यकाका तीन अस्पतालबाट निःशुल्क मिर्गौला प्रत्यारोपण र डाइलासिस सेवा पाउँदै आएका छन् । 

मिर्गौलाका बिरामीले प्रत्यारोपण र औषधि गरी अधिकतम ८ लाख २० हजारसम्म र अन्य रोगका बिरामीले १ लाखबराबरको औषधि उपचार पाउन सक्छन् । देशभरका सूचीकृत ६८ वटा अस्पतालले १ अर्ब ३३ करोड रुपैयाँ बराबरको उपचार सेवा दिएको महाशाखाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC