site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भक्तपुर रासस । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा चिर्वाचन आचारसंहिता उल्लंघन बढेको छ । निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा तुल झुण्ड्याउने, ब्यानर र झण्डा राख्नेक्रम बढेको हो । 

निर्वाचन कार्यालयका प्रमुख उमेश राईले आयोगले जारी गरेको आचारसंहिता विपरीत विभिन्न दललाई  जिल्लाका अधिकांश क्षेत्रमा राखेका तुल तथा ब्यानर हटाउन र अब नटाँस्न निर्देशन दिए पनि निर्देशनको अवज्ञा गर्दै आएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

चुनावी मैदानमा उत्रिएका नेकपा (एमाले), नेपाली काँग्रेस, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी लगायतका दलले आचारसंहिता उल्लंघन गरेको कार्यालयको भनाइ छ । 

निर्वाचन आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोगले कालोसूचीमा राख्नेदेखि रु एक लाखसम्म जरिवाना गर्न सक्ने तथा उम्मेदवारको  उम्मेदवारी खारेजसमेत गर्नसक्ने अधिकार आयोगलाई  छ । 

Global Ime bank

यसैगरी लगातार आचारसंहिता उल्लंघन गर्नेलाई आगामी पाँच वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्नसक्ने व्यवस्था पनि छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC