site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रकाशकै कारण म सफल प्रधानमन्त्री भएको हुँ : प्रचण्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले छोरा स्वर्गीय प्रकाश दाहालकै कारण आफ्नो प्रधानमन्त्रीको दोस्रो कार्यकाल सफल भएको बताएका छन् ।

‘सानैदेखि उनी मेरा छोराभन्दा पनि बढी सहकर्मी र सहयोद्धा भए । म इमान्दारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगबिना सफल हुने थिएन,” प्रकाशको सम्झनामा दाहाल निवासमा बिहीबार आयोजित श्रद्धाञ्जली सभामा बाचन गरिएको कृतज्ञता मन्तव्यमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एक माओवादी नेताले बाचन गरेको मन्तव्यमा प्रचण्डले प्रकाशलाई यसरी सम्झेका छन्–

‘म पूर्णकालीन राजनीतिमा लागेको तीन वर्षपछि २०३८ सालमा प्रकाशको जन्म भयो । म भूमिगत राजनीतिमा थिएँ, कहिलेकाहीँ मात्र घर आउँथें । त्यो पनि राति अबेला आउँथें र बिहान झिसमिसेमै हिँडिहाल्थें । उनी निरन्तर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाको बीचमा हुर्किए । स्कुल फेर्दाफेर्दै पढाइ लथालिंग भयो । कलिलै उमेरमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि पूर्णकालीन कार्यकर्ता भए । उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन् । बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण मैले बाबुका रुपमा उनीमाथि न्याय गरिन, गर्न सकिन ।’

Global Ime bank

केहीले प्रकाशलाई आफ्नो छोरामात्र ठानेर त्यसैमा उनको व्यक्तित्व सीमित गर्न खोजेको भन्दै प्रचण्डले उनी प्रविधिमा, संगठनमा र व्यवस्थापनमा अत्यन्त पोख्त रहेको बताए । 
योग्यता र क्षमताकै कारण उनी आफ्नो स्वकीय सचिव भएको प्रचण्डले प्रष्टीकरण पनि दिएका छन् । 

पुत्रवियोग सबैभन्दा ठूलो शोक रहेछ भनेर आफूले अनुभूत गरेको भन्दै प्रचण्डले शोकको घडीमा पाएको समवेदना र सान्त्वनाप्रति सबैलाई आभार व्यक्त गरेका छन् । 
श्रद्धाञ्जली कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, एमाले नेता माधवकुमार नेपाल, नेता मोहनविक्रम सिंह, विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रतिनिधि आदि सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०७४  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC