site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डाइलासिस सेवा बन्द हुँदा सुदूरपश्चिमका २८ जना मृगौला बिमारी जोखिममा
Sarbottam CementSarbottam Cement

धनगढी । सुदूरपश्चिममै एकमात्र डाइलासिस सेवा प्रदान गर्दै आएको सेती अञ्चल अस्पतालमा डाइलासिस सेवा बन्द भएपछि २८ जना मृगौलाका बिरामीको ज्यान जोखिममा परेको छ । अस्पतालमा रहेका रगत शुद्धिकरण गर्ने मेसिन बिग्रिएपछि डाइलासिस सेवा नपाएर ७ नम्बर प्रदेशका विभिन्न जिल्लाका मृगौला रोगीहरुको ज्यान जोखिममा परेको हो ।

मृगौलाले काम गर्न छोडेपछि रगतमा उत्पादन हुने बिकार र हानिकारक तत्वहरुलाई मेसिनले छान्ने प्रक्रियालाई डाइलासिस भनिन्छ । डाइलोसिस एक पटक सुरु भएपछि रोक्न नमिल्ने स्वयम् चिकित्सकहरुले बताउने गरेको बिरामीहरुले बताएका छन् । डाइलासिस सुरु गरेका मृगौलाका बिरामीले हप्तामा कम्तिमा पनि दुई पटक डाइलासिस गर्नुपर्दछ । 

Prabhu Bank
Agni Group
NIC Asia

दुई वटा डाइलासिस मेसिन एक महिनाअघि नै बिग्रेका भएपनि विरामीहरुको आवश्यकतालाई ध्यानमा राखेर सेती अञ्चल अस्पतालले अन्य दुई वटा मसिनबाट बिरामीहरुलाई सेवा दिइरहेको थियो । अस्पतालले बुधबार बेलुकी फोन गरेर मसिन नबन्दासम्म सेवा पूर्ण रुपले बन्द भएको जानकारी दिएको मृगौला रोगबाट पीडित कञ्चनपुरको महेन्द्रनगरकी सोनु गौडका आफन्तले बताएका छन् । 

उनका अनुसार अस्पतालले मेसिन नबन्दासम्म कोहलपुरमा वा अन्य स्थानमा आफंै बन्दोवस्त गर्न बिरामीहरुलाई सल्लाह दिएको छ । कोहलपुर मेडिकल कलेजमा यसअघि नै क्षमताभन्दा बढी विरामीहरुले सेवा लिइरहेकाले त्यहाँ पनि डाइलासिस गर्न नपाइने पीडितहरुले बताएका छन् । एक पटक सुरु भए पछि रोक्न नमिल्ने डाइलोसिस जस्तो सेवा सुचारुका लागि अस्पताल प्रशासनले बिग्रेका मेसिन मर्मत र बैकल्पिक व्यवस्था गर्न नसक्दा विरामीहरुको ज्यान जोखिममा परेको छ ।

Global Ime bank

तर अस्पतालको डाइलासिस युनिट इन्चार्ज यशोदा ढकालले अस्पतालसँग रहेका चार वटा मेसिनमध्ये तीन वटा पूर्ण रुपमा बिग्रिएपनि एउटा मेसिनबाट सेवा उपलब्ध गराइरहेको बताइन् । ‘‘दुई जटा मसिन पहिल्यै बिग्रिएका थिए । थप एउटा अर्कोपनि एक साता अघि बिग्रिएकोले एउटा मसिनबाट मात्रै सेवा दिँदै आएका छौं,’’ उनले बाह्रखरीसँग भनिन्, ‘‘२८ जना मृगौला बिरामीलाई एउटै मेसिनबाट सेवा दिँदा बिरामीलाई झण्झट भने भएको छ ।’’ युनिट इन्चार्ज ढकालले बिग्रिएका मसिन मर्मतका बारेमा भने बताउन नसकिने प्रतिक्रिया दिइन् । 

सरकारले मृगौलाका विरामीहरुलाई उपलव्ध गराउदै आएको निःशुल्क डाइलोसिस सेवा अन्तर्गत तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको पालामा सुरु भएको सेती अञ्चल अस्पतालको डाइलोसिस सेवा विस्तार हुनुको साटो एक वर्षमै बन्द हुने अवस्थामा पुगेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०७४  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC