site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
बेइजिङ । चीनका पूर्व राष्ट्रपति हु जिन्ताओका पूर्व सहयोगी लिङ जिहुवालाई भ्रष्टाचार तथा राज्यको गोप्य सूचना गैरकानुनी तरिकाले लिएको र शक्तिको दुरुपयोग गरेको आरोपमा आजीवन काराबासको सजाय तोकिएको छ । 
 
यस सन्दर्भमा लिङ जिहुवाले आफ्नो गल्ती स्वीकार गरेको र सजायमाथि पुनःविचारका लागि माथिल्लो निकायमा अपिल नगर्ने बताएका तियानजिनस्थित पहिलो मध्यवर्ती जनअदालतको फैसलालाई उद्धृत गर्दै सिन्ह्वा न्युज एजेन्सीले बताएको छ । 
 
आजको फैसलाले मेरो हृदयमा गहिरो चोट पुगेको छ, लिङले सोमबार अदालतसमक्ष जारी गरेको अन्तिम विज्ञप्तिमा बताइएको छ । 
 
पूर्व राष्ट्रपति हु जिन्ताओका सहयोगी लिङको मुद्दा राज्य सञ्चालित टेलिभिजन सीसीटीभीको रात्रिकालीन प्रसारणको मुख्य समाचारमा छाएको छ । 
 
समाचारमा लिङलाई सेतो सर्ट र चस्मा लगाएको अवस्थामा देखाइँदा उनले आफूमाथिको सजायलाई नम्रतापूर्वक स्वीकारेको देखाइएको बताइएको थियो । 
 
चीनको सत्तासीन कम्युनिस्ट पार्टीले लिङलाई हुको सहयोगीबाट गएको वर्ष नै हटाएको थियो । 
 
सन् २०१२ मा बेइजिङमा भएको फेरारी ९कार० दुर्घटनामा लिङका छोरा मारिएका थिए र यसले एक दशकमा एक पटक हुने चिनियाँ नेतृत्व परिवर्तनको विषयमा समेत बाधा पु¥याएको थियो । रासस/एएफपी 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC