site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
बागलुङ । वर्षायामसँगै मध्यपहाडी राजमार्ग अन्तर्गत बागलुङ खण्डको यात्रा कष्टकर बनेको छ । लगातारको वर्षाले दैनिकजसो सडकमा खस्ने साना ठूला पहिराले यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ । सदरमुकामदेखि बुर्तिवाङ चल्ने सिधा यातायात बेला बेलामा अवरुद्ध हुने गरेको छ । यस वर्ष गरिएको राजमार्गको विस्तारले सडक थप बिग्रिएको हो । 
 
जोखिम मोलेर सवारी चलाउनुपरेको बागलुङ–बुर्तिवाङ खण्डका जिप चालक सन्दीप विकले बताए। “वर्षायाममा सवारी चलाउन धेरै गाह्रो छ, रातभरि परेको पानीले कहाँ पहिरो खस्छ भनेर डराई डराई हिँड्नुपर्ने अवस्था छ”, विकले भने । राजमार्गको बागलुङ खण्डमा २० किमी सडक मात्र कालोपत्रे छ । बाँकी एक सय २५ किमी सडक कच्ची छ । कच्ची सडक विस्तारले वर्षा हुनासाथ पहिरो खस्ने र सडक हिलाम्मे हुने समस्या बढेको छ । 
 
कतिपय ठाउँमा पुल नहुँदा पनि खोलामा पानीको सतह बढेपछि यातायात रोकिने गरेको छ । ग्वालिचौरस्थित न्वारा खोला बढ्नासाथ सिधा यातायात अवरुद्ध हुने गरेको धवलागिरि अञ्चल जिप व्यवसायी समितिले जनाएको छ । यसै साता मात्र पटक पटक सडक अवरुद्ध भएको छ । सदरमुकाम बाहेक जिल्लाका अन्य व्यापारिक क्षेत्रबाट छोटो तथा लामो दूरीमा छुट्ने यातायातका साधनले पनि नियमित सेवा दिन नसकेको समितिको भनाइ छ ।
 
बागलुङ–बुर्तिवाङ खण्डका अन्य खोलामा भने पुल बनिसकेका छन् । पुल नभएकै कारण वर्षायाममा सिधा यातायात सञ्चालन हुन नसकेको समितिका अध्यक्ष शशिकपुर श्रेष्ठले बताए । “वर्षा नसकिँदासम्म यो समस्या रहिरहन्छ, जोखिम उठाएर यात्रा गर्नुपर्ने बाध्यता छ”, अध्यक्ष श्रेष्ठले भने । अवरुद्ध सडकलाई स्थानीय प्रशासनसँग मिलेर समितिको अगुवाइमा खोल्ने गरिएको उनको भनाइ छ । 
 
वर्षायाममा जिल्लाभरको यातायात सेवा प्रभावित हुने गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “ग्रामीण सडक त झन स्तरीय छैनन्, हिउँदमै जीर्ण अवस्थामा पुगेका सडक सवारी हिँडाउन नसकिने गरी बिग्रेका छन्”, उहाँले भन्नुभयो । मुख्य सडक बाहेकका ग्रामीण भेगका सडक पनि वर्षायाममा बिग्रने गरेका छन् । सवारी चालक, यात्रु स्वयम्ले सडक मर्मत, सफा गर्दै यात्रा गर्नुपर्ने अवस्था रहेको छ । कतिपय ठाउँमा त वर्षायाममा सडक पूरै बन्द हुने गरेका छन् । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC