site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको प्रवक्तामा सो पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई तोकिएका छन् ।  

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक सूचना सम्पे्रषन र सञ्चार समन्वयका लागि रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो । 

Agni Group

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित परिचालन कमिटीको आजको बैठकले नेता रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । 

बैठकले निर्वाचनका क्रममा समन्वय गर्न विभिन्न नेतालाई पनि जिम्मेवारी तोकेको छ । निर्वाचन आयोगतर्फ पोलिटब्यूरो सदस्य अग्नि खरेल र प्रशासनतर्फ केन्द्रीय सदस्य युवराज कार्कीलाई जिम्मेवारी तोकेको छ । 

Global Ime bank

त्यसैगरी बैठकले प्रेस चौतारी नेपालका अध्यक्ष तथा केन्द्रीय प्रचार विभाग सदस्य गणेश बस्नेतलाई परिचालन कमिटी सदस्यमा थप गरेको छ । 

बैठकले सबै निर्वाचन क्षेत्रमा हुनसक्ने सम्भावित घटनाप्रति चनाखो रहँदै जनतालाई भ्रमित पार्ने प्रकारका गतिविधिप्रति सचेत रहन कार्यकर्तामा आह्वान गर्दै विभिन्न जिल्लामा भइरहेको आक्रमण र निर्वाचन आचारसंहिता विपरीतका कामप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको जनाएकोछ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC