site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लमजुङ । सोमबार अपराह्न फूलबारी मैदानमा चुनावी रौनक थियो । सुरक्षा व्यवस्थामा खटिएका म्यादी प्रहरीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे भयो । 

मतदानका लागि पुरुष र महिलाको छुट्टाछुट्टै लाइन थियो । डोरी टाँगेर बनाइएको मतदान केन्द्रमा तीनवटा फरकफरक बक्साका साथै तीनवटा गोप्य मत राख्ने ठाउँ बनाइएको थियो । 

झट्ट हेर्दा लाग्थ्यो मंसिर १० गते आज नै हो । निर्वाचनका लागि खटिएका कर्मचारीले पालैपालो मतदातालाई मतदान गराइरहेका थिए । सर्वसाधारण पालैपालो मतदान गर्दै बाहिर निस्किएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

मतपत्र खसालेका मतदाताले पहिलेको भन्दा अहिले निर्वाचन झण्झटिलो भएको प्रतिक्रिया दिए । नमूना मतदान गरेपछि सर्वसाधारणको यस्तो प्रतिक्रिया आएको हो । 

नमूना मतदानले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न झण्झटिलो देखिएको उनीहरुले प्रतिक्रिया दिएका हुन् । मतदाताले मतपत्र लिन, छाप लगाउन र बाकसमा राख्न तीन–तीन पटकसम्म ओहोरदोहोर गर्नुपर्दा गर्दा झण्झटिलो भएको नमूना मतदान गरेकी बेसीशहर निवासी सिर्जना श्रेष्ठले बताए ।  

Global Ime bank

“स्थानीय तह निर्वाचनमा पनि यस्तो झण्झट भएको थिएन” श्रेष्ठले भने “तीनवटा मतपत्रका लागि तीन पटक ओहोरदोहोर गर्नुपर्ने रहेछ ।” स्थानीय तह निर्वाचनभन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रक्षत्यतर्फ मतदान गर्न निकै सजिलो भएकामा समानुपातिकतर्फ भने धेरै चुनाव चिह्न भएकाले धेरै मतदाता अलमलिने बेँसीशहरकै सविता वाग्लेको भनाइ थियो । 

“प्रक्षत्यतर्फ त ठीकै हो, सजिलो लाग्यो” वाग्लेले भने “समानुपातिक मतपत्रमा त आँखा नै तिरमिराए, चिह्न भेट्टाउनै मुस्किल पर्ने रहेछ ।” नमूना मतदान गरेका बेँसीशहरकै सिराज मियाले पनि समानुपातिकमा अलिक बढी समय लाग्ने जानकारी दिए । “समानुपातिक मतपत्र ठूलो र चिह्न धेरै हुदा अलिक अलमलिदो रैछ” मियाले भने “आफूले खोजेको चिह्न देख्नै समय लाग्यो ।” 

निर्वाचन आयोगले एउटा मतदाताले दुई मिनेटमा सबै मत हाली सक्ने समय आँकलन गरेको छ । प्रक्षत्यतर्फको मतपत्रमा थोरै चुनाव चिह्न भएकाले समय नलाग्ने तर समानुपातिकतर्फ धेरै चुनाव चिह्न भएकाले मतदातालाई बढी समय लाग्नसक्ने जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सेनाको भनाइ छ । “प्रक्षत्यमा समय लाग्दैन” तिमिल्सेनाले भने “समानुपातिकमा मतपत्र ठूलो भएकाले केही बढी समय लाग्न सक्छ ।” 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गरी जिल्ला निर्वाचन कार्यालयले बेँसीशहरमा नमूना मतदान गराएको हो । बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तौरतरिका सिकाउन नमूना मतदान गराइएको उत्त कार्यालयले जनाएको छ । 

बेँसीशहरसहित सुन्दरबजार, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा नमूना मतदान गराउन थालिएको छ । नमूना मतदानको क्रममा केही मतदाताले स्थानीय तहको निर्वाचन झै एकै लाइनका एकभन्दा बढी चिह्नमा मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

नमूना मतदानमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देललगायत कार्यालय प्रमुख, जिल्लाका सञ्चारकर्मीको उपस्थिति थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC