साहित्य
काठमाडौं । गायक सञ्जीव पराजुली र गायिका टिका प्रसाईंले संयुक्त रुपमा ‘पहिलो भेटैमा...’ बोलको गीत स्रोता तथा दर्शक माझ ल्याएका छन् । एल्बम ‘’त्यो सपना’ मा संग्रहित यस गीतमा शब्द होमनाथ न्यौपाने र संगीत दीपक भट्टराईको छ ।
सार्वजनिक गीतको भिडियोमा अभिनेता कर्मा र अभिनेत्री वर्षा शिवाकोटी देखिएका छन् ।
गीतमा दिपेन्द्र शाहीको कोरियोग्राफी छ भने भिडियो धन योन्जन तामाङले खिचेका हुन् । भारत रेग्मीको सम्पादन रहेको भिडियो लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०७४ १४:५६
प्रतिक्रिया दिनुहोस्