site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कांक्रेविहारमा बुद्धमूर्ति स्थापना गर्ने विषयमा पुनः विवाद
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
सुदिप पुरी, सुर्खेत । नेपालकै पहिलो संरक्षित बन क्षेत्र कांक्रेविहारमा बुद्धमूर्ति स्थापना गर्ने विषयमा फेरि विवाद सुरु भएको छ  । वैशाख १८ गते मन्त्रीस्तरीय निर्णयले ‘कांक्रेविहार संरक्षित बनको व्यवस्थापन कार्ययोजनामा बुद्धको मूर्ति स्थापना गर्न र सो को व्यवस्थापन पक्ष समेटेर कार्ययोजना परिमार्जन गर्न’ निर्देशन दिएपछि विवाद सुरु भएको हो ।
 
बुद्धको मूर्ति स्थापनाका लागी पटक पटक विवाद भैसकेको बौद्धमार्गीहरु बुद्धको मूर्ति स्थापना गर्न राखिएको बुद्धमूर्तिलाई कांक्रेविहारमा स्थापना गर्नुपर्ने पक्षमा छन् भने अन्य धर्मावलम्वीहरु त्यसको विपक्षमा छन् । 
 
  हाल आएर समाधान भइसकेको विषयलाई बन मन्त्रीले फेरि ब्यूँताएर समुदायमा द्वन्द्वको वीउ रोप्ने काम गरेको कांक्रेविहार ऐतिहासिक तथा पुरातात्विक संरक्षण समितिका अध्यक्ष पदमदेव गिरीले भने, ‘कुनै एक आस्था र समुदायको प्रतिनिधित्व झल्कने गरेर कांक्रेविहारमा भौतिक संरचना निर्माण गर्नु हुँदैन् ।’ विवादकै कारण जिल्ला बन क्षेत्र समन्वय समितिको बैठक बस्न सकेको छैन् ।
 
उनले पुरातत्व विभागबाट कांक्रेविहारको भग्नावशेषलाई उत्खनन् गरेर शिखरशैलीको मन्दिर निर्माणको काम भइरहेकाले त्यसैमा बुद्धमूर्ति राख्न नहुने बताए । ‘अहिले बुद्धको मूर्ति राख्दा भोलि चैत्य, शिव मन्दिर, गुरुद्धार, चर्च, कवरस्थान राख्ने संभावना रहन्छ’ अध्यक्ष गिरीले भने, ‘कांक्रेविहार सबैको हो, यसलाई सम्पूर्ण जाति र धर्मको साझा थलोको रुपमा विकास गरिनुपर्छ ।’
 
वर्षौंदेखि काँक्रेविहारलाई संरक्षित क्षेत्रका रूपमा संरक्षण गर्दै आएका हिन्दु समुदाय बौद्ध विशेषको सम्पदा गराउन तयार भएनन् । २०७० जेठ १४ गते काँक्रेविहारमा बुद्धको मूर्ति प्रतिस्थापन गर्न खोज्दा ठूलै द्वन्द्व भयो । एक सातासम्म सुर्खेत बन्द भयो । दुवै समुदायबीच विवादको बिउ रोपियो । पुरातत्व विभागले पुनर्निर्माणको योजना सञ्चालन गरिरहेका बेला बुद्ध मूर्ति प्रतिस्थापन गर्न नहुने हिन्दु समुदायको तर्क छ । 
 
उत्खनन् क्रममा कांक्रेविहारमा बुद्धका साथै सरस्वती, विष्णु, शंख र रथका पांग्रासमेत फेला परेकाले यो हिन्दु र बौद्ध दुवै धर्मावलम्बी दुबैको आस्थाको केन्द्र हो’ अध्यक्ष गिरीले भने, ‘यसमा कुनै एक समुदाय र धर्मको प्रतिधित्व हुने किसिमका संरचना राख्न हामी दिँदैनौं ।’
समाधान भइसकेको विषयलाई मन्त्रीले फेरि ब्यूँताउन खोजेको भन्दै अन्य समुदाय र धर्मावलम्वीहरु आन्दोलित बनेका छन् । उनीहरुले नेपालकै पहिलो संरक्षित बन कांक्रेविहारमा पुरातत्व विभागले गरिरहेको कामलाई नै निरन्तरता दिनुपर्ने बताउँदै सरोकारवाला निकायमा दिनदिनै ज्ञापनपत्र बुझाउन थालेका छन् ।
 
बौद्ध धर्मावलम्वीहरु भने छरिएका मूर्ति र विहार शैलीका अवशेष रहेकाले बुद्ध विशेषकै सम्पदा भएको जिकिर गर्दै आएका छन् । ‘नामदेखि उत्खनन्का क्रममा भेटिएका संरचनाले यो बुद्धको सम्पदा हो भन्नेमा कुनै दुई मत हुनु हुँदैन्’ बौद्ध युवा क्लवका अध्यक्ष राजेन्द्र बुढाले भने, ‘हामीले बुद्धको मूर्ति प्रतिस्थापन मात्रै गर्न खोजेका हौं, कांक्रेविहारलाई विवादमा ल्याउन खोजेका होइनौं ।’
 
उनले जिल्ला बन क्षेत्र समन्वय समिति र मन्त्रीस्तरीय निर्णयबाटसमेत कांक्रेविहारमा बुद्धको मूर्ति स्थापनाका लागि निर्णय भइसकेकाले कसैले पनि विरोध गर्न नहुने बताए । ‘खम्बा समुदायले कांक्रेविहारमा बुद्धको मूर्ति स्थापनाका लागि अगुवाई गरेपछि केही धर्म र समुदाय यसलाई कब्जा गर्न खोज्यो भन्ने गलत सोचाईमा हुनुहुन्छ’ उनले भने, ‘झैझगडा गरेर, मारामार गरेर बुद्धको मूर्ति राख्ने पक्षमा छैनौं, सबैको सहमतिको प्रयास गरिरहेका छौं ।’ उनले कांक्रेविहारलाई दोस्रो लुम्विनीको रुपमा विकास गर्नका लागि सबैको साथ र सहयोगको खाँचो औल्याए ।
 
बौद्ध धर्मावलम्वीहरुले थाइल्याण्डबाट बुद्धको १७ फिटको मूर्ति ल्याएका छन् । ०७० सालमा कांक्रेविहारमा उक्त मूर्ति प्रतिस्थापन गर्न खोज्दा समुदायबीच विवाद भएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । तीन वर्षदेखि बौद्धमार्गीहरु बुद्धजयन्तीको दिन प्रहरी कार्यालयभित्र राखिएको मूर्तिमा पूजाआजा गर्दै आएका छन् ।
 
पुरातत्व विगागले तीन वर्षदेखि कांक्रेविहारमा शिखर शैलीको बौद्ध विहार निर्माण गरिरहेको छ । २०७४ सालभित्रै निर्माण सम्पन्न गर्ने संझौता अनुसार अहिले कांक्रेविहारमा धमाधम काम भइरहेको छ । भक्तपुरका ४ मूर्तिकार र २१ डकर्मी शिखर शैलीको विहार निर्माणमा जुटेका छन् । साढे २१ मिटर अग्लो कांक्रेविहार निर्माणका लागि पुरातत्व विभागले ८ करोड ३५ लाखमा निर्माण ठेक्का लिएको छ ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC