site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सन्दीपको ‘जोर मादलको जुईना’ बजारमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । गायक सन्दीप ग्याबा तामाङको दोस्रो गीति एल्बम ‘जोर मादलको जुईना’ सार्वजनिक गरिएको छ । पहिलो गीति एल्बम ‘तकदिर’ पछि सन्दीपले दोस्रो गीति एल्बम सार्वजनिक गरेका हुन् । 

लामो समयदेखि विदेशलाई कर्मथलो बनाए पनि नेपाली संगीतमा क्रियाशील सन्दीपले यस पटक मौलिकता झल्किने लहरी लोक भाका समेटिएको ‘जोर मादलको जुईना...’ ल्याएका हुन् । 

Agni Group

ओखलढुगांको पश्चिमी क्षेत्रमा गाइने लोपोन्मुख लहरी लोक भाका आफ्नो शो गीति एल्बममा समावेश गरिएको गायक सन्दीपले बताए । लोप हुने अवस्थामा रहेको यो भाका संरक्षण गरी गीतलाई जीवन्त राख्नकै लागि आफूले सक्दो प्रयास गरेको र यो गीतलाई आम स्रोताले मन पराउनेमा आफू विश्वस्त रहेको सन्दीपको विश्वास छ । 

ठट्यौली शब्दहरू समावेश गरी ग्रामीण परिवेशको माया प्रेमलाई उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको गीतको लय शब्द संकलन गायक स्वयमले गरेका हुन भने संगीत संयोजन राजु खडकाले गरेका छन् । 

Global Ime bank

भिडियोमा सन्दीप, रुपा एस घले, सुष्मा मोक्तानले अभिनय गरेका छन् भने हास्य कलाकारको रुपमा विरेन्द्र ग्यावा तामाङ र बिकल लामा रहेका छन् । आर बि लामा सिङदानद्वारा निर्देशित भिडियो दीपेन्द्र भट्टले खिचेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC