site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साताको साहित्य पुरस्कार ‘एउटा प्रश्न पत्र’ लाई
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । यस वर्षको साताको साहित्य पुरस्कार कवि प्रोल्लास सिन्धुलियको कविता  ‘एउटा प्रश्न पत्र’ लाई प्रदान गरिने भएको छ ।

‘साताको साहित्यडटकम’ मा अगष्ट २०१६ देखि जुलाई २०१७ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए । जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि नवीन प्यासीको कविता ‘झुसिलकीरा’ र कवि सुशील सुब्बाको कविता ‘आमा, अधुरो यात्रासँगै’ छानिएका थिए । 

निर्णायकहरू महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे र निष्प्रभ सजीले बहुमतको आधारमा ‘एउटा प्रश्न पत्र’ लाई चयन गरेका हुन् । लेखकले पुरस्कार स्वरुप नगद रु २० हजार र ताम्रपत्र प्राप्त गर्नेछन् । प्रोल्लास सिन्धुलिय ‘साताको साहित्य पुरस्कार’ प्राप्त गर्ने छैटौँ लेखक हुन् ।   

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०७४  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC