site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मन्त्री जर्नादन शर्माको गाडीमा ‘रेडबुल बम’ प्रहार 
Ghorahi CementGhorahi Cement

काठमाडौं । पूर्व गृहमन्त्री तथा विना विभागीय मन्त्री जनार्दन शर्मा सवार गाडीमाथी रेडबुलको बट्टामा विष्फोटक पदार्थ भरेर विष्फोट गराइएको छ । निर्वाचनको प्रचारमा रहेका बेला उनको प्रचार टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका ८ मा उक्त विष्फोटक पदार्थ विष्फोट गराइएको प्रहरीले पुष्टी गरेको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी मनोज न्यौपानेका अनुसार चौरजहारी उपत्यकाको चुनावी सभा र घेरदैलो सकेर सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ आउँदै गरेको बेला प्रचार टोली माथी सडक माथिबाट रेडबुलको बट्टा प्रहार भएको थियो । 

Agni Group

शुक्रबार विहान करिव ९ बजे तिर मन्त्री शर्माको गाडीमा रेडबुलको बोतलमा विष्फोटक पदार्थ बिष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डीएसपी राजेन्द्र धमलाले जानकारी दिए । गाडीलाई लक्षित गरेर बम प्रहार गरे पनि मन्त्री शर्मासहित उनका कार्यकर्ता भने सकुशल रहेका प्रहरीले जनाएको छ । 

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Global Ime bank

तस्बिर, शर्माको फेसबुकबाट 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०७४  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC