site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
कुनै बेला समाचारमा मात्र सुनिने वा देखिने भयावह आतंककारी घटना अब हाम्रै दैलाको सँघारमा हुनथालेका छन् । हुनत, दुनियाँको कुनै छेउमा पनि आतंककारी वा प्राकृतिक प्रकोप हुँदा नेपाली पर्दैनन् भन्नै नसकिने भइसक्यो । तैपनि, अफगानिस्तानमा हालै नेपालीहरू मारिएलगत्तै छिमेकी बंगलादेशमा एउटा क्याफेमा भएको आतंककारी घटनाले नेपाल पनि जोखिममा भएको संकेत दिइसकेको छ । भारत सधैँ नै कट्टरपन्थीहरूको क्रीडाभूमि हुनेगरेको छ । नेपाल र भारतबीच खुला र अनियन्त्रित सीमा रहेका कारण नेपालमा पनि आतंकको जोखिम बढेको छ । यसैले नेपाल र भारतको संयुक्त चासो आतंकको नियन्त्रणमा केन्द्रित हुनु आवश्यक छ । संयोगले यति नै बेला काठमाडौंमा नेपाल र भारत  विज्ञ समूहको बैठक सुरु भएको छ । नेपाल र भारतबीच जति निकटता छ समस्या एवं गुनासा पनि उत्तिकै छन् । अरू समस्या सयौं वर्षदेखि रहिआएका छन् । तर, आतंकवाद दुवै देशका लागि अपेक्षाकृत नयाँ र सबैभन्दा महत्त्वपूर्ण समस्या बनेको छ । विज्ञहरूको ध्यान यस समस्यामा जानुपर्छ र यसको निराकरणका लागि दोषारोपणको कूटनीतिक चालबाजी छाडेर यथार्थप्रति गम्भीर हुन सरकारहरूलाई सुझाव दिनुपर्छ । भारतले विगतमा आफैँले आतंककारी संगठनको संज्ञा दिएको माओवादीलाई आश्रयसमेत दिएको थियो । नेपालबाट सुरक्षा खतरा भएको आरोप भारतले लगाउँदै आए पनि यथार्थ त्यस्तो होइन भन्ने मान्न भारतीय गुप्तचर निकायबाहेक अरूलाई हिचकिचाहट नहुनुपर्ने हो । सीमा सुरक्षामा भएको कमजोरीबाट अनुचित फाइदा उठाउनेमा त दुवैतिरका छन् ।  खुला सीमाको नियमनलगायतका विषयमा छलकपट नगरी एक अर्कालाई सहयोग गर्ने हो भनेमात्र बढ्दो आतंकलाई नियन्त्रण गर्न सकिनेछ । त्यसबाट सीमा क्षेत्रको तस्करीलगायतका अपराधको नियन्त्रणका लागि पनि सीमाको नियमन प्रभावकारी उपाय हुनसक्छ । यसैले नेपालले आन्तरिक सुरक्षा व्यवस्था चुस्त बनाउनुका साथै संयोगले यसै समयमा भएको विज्ञ समूहहरूको बैठकमा पनि घरातलीय यथार्थ प्रस्तुत गर्नुपर्छ ।   
 
त्यसो त नेपालीले एक दशकसम्म ुमौलिक आतंकु सहिसकेका छन् । सार्वजनिक यातायातदेखि विद्यालयसम्म आतंककारी प्रकृतिका घटना गराइएको नेपालीले अझै बिर्सेका छैनन् । राज्य आतंकको प्रभावकारी नियन्त्रण गर्न असमर्थमात्र भएन उल्टै ुश्वेत आतंकुको संवाहक बन्नपुगेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि स्थानीय आतंक त मत्थर भएको छ तर, बाहिरै पनि आतंक यसरी नै बढ्दै जाने हो भने त्यसको रोकथाम र नियन्त्रणका लागि राज्य विशेष चनाखो हुन र सुरक्षा प्रबन्ध कडा गर्न बाध्य हुनेछ । नेपालजस्ता मुलुकमा सुरक्षाकर्मीलाई बढी सक्रिय गराउनेबित्तिकै नागरिक अधिकारमा अतिक्रमण हुनेगर्छ । माओवादी द्वन्द्वकालमा पनि यस्तो प्रवृत्ति देखिएको थियो । तर, अब समय धेरै अगाडि बढिसकेको छ । नेपाली जनता बढी सचेत र समझदार पनि भएका छन् । आतंकविरुद्ध गरिने सुरक्षा प्रबन्धका नाममा नाममा ज्यादती गरिएन भने असुविधा सहन पनि तयार हुनेछन् । आतंक सँघारमै आइपुगेको गम्भीरता बुझेर सरकारले सुरक्षा व्यवस्था बलियो र चनाखो बनाउनु ढिलो नगरोस् ।
कुनै बेला समाचारमा मात्र सुनिने वा देखिने भयावह आतंककारी घटना अब हाम्रै दैलाको सँघारमा हुनथालेका छन् । हुनत, दुनियाँको कुनै छेउमा पनि आतंककारी वा प्राकृतिक प्रकोप हुँदा नेपाली पर्दैनन् भन्नै नसकिने भइसक्यो । तैपनि, अफगानिस्तानमा हालै नेपालीहरू मारिएलगत्तै छिमेकी बंगलादेशमा एउटा क्याफेमा भएको आतंककारी घटनाले नेपाल पनि जोखिममा भएको संकेत दिइसकेको छ । भारत सधैँ नै कट्टरपन्थीहरूको क्रीडाभूमि हुनेगरेको छ । नेपाल र भारतबीच खुला र अनियन्त्रित सीमा रहेका कारण नेपालमा पनि आतंकको जोखिम बढेको छ । यसैले नेपाल र भारतको संयुक्त चासो आतंकको नियन्त्रणमा केन्द्रित हुनु आवश्यक छ । 
 
संयोगले यति नै बेला काठमाडौंमा नेपाल र भारत  विज्ञ समूहको बैठक सुरु भएको छ । नेपाल र भारतबीच जति निकटता छ समस्या एवं गुनासा पनि उत्तिकै छन् । अरू समस्या सयौं वर्षदेखि रहिआएका छन् । तर, आतंकवाद दुवै देशका लागि अपेक्षाकृत नयाँ र सबैभन्दा महत्त्वपूर्ण समस्या बनेको छ । विज्ञहरूको ध्यान यस समस्यामा जानुपर्छ र यसको निराकरणका लागि दोषारोपणको कूटनीतिक चालबाजी छाडेर यथार्थप्रति गम्भीर हुन सरकारहरूलाई सुझाव दिनुपर्छ । भारतले विगतमा आफैँले आतंककारी संगठनको संज्ञा दिएको माओवादीलाई आश्रयसमेत दिएको थियो । नेपालबाट सुरक्षा खतरा भएको आरोप भारतले लगाउँदै आए पनि यथार्थ त्यस्तो होइन भन्ने मान्न भारतीय गुप्तचर निकायबाहेक अरूलाई हिचकिचाहट नहुनुपर्ने हो । सीमा सुरक्षामा भएको कमजोरीबाट अनुचित फाइदा उठाउनेमा त दुवैतिरका छन् ।  खुला सीमाको नियमनलगायतका विषयमा छलकपट नगरी एक अर्कालाई सहयोग गर्ने हो भनेमात्र बढ्दो आतंकलाई नियन्त्रण गर्न सकिनेछ । त्यसबाट सीमा क्षेत्रको तस्करीलगायतका अपराधको नियन्त्रणका लागि पनि सीमाको नियमन प्रभावकारी उपाय हुनसक्छ । यसैले नेपालले आन्तरिक सुरक्षा व्यवस्था चुस्त बनाउनुका साथै संयोगले यसै समयमा भएको विज्ञ समूहहरूको बैठकमा पनि घरातलीय यथार्थ प्रस्तुत गर्नुपर्छ ।   
 
त्यसो त नेपालीले एक दशकसम्म ुमौलिक आतंकु सहिसकेका छन् । सार्वजनिक यातायातदेखि विद्यालयसम्म आतंककारी प्रकृतिका घटना गराइएको नेपालीले अझै बिर्सेका छैनन् । राज्य आतंकको प्रभावकारी नियन्त्रण गर्न असमर्थमात्र भएन उल्टै ुश्वेत आतंकुको संवाहक बन्नपुगेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि स्थानीय आतंक त मत्थर भएको छ तर, बाहिरै पनि आतंक यसरी नै बढ्दै जाने हो भने त्यसको रोकथाम र नियन्त्रणका लागि राज्य विशेष चनाखो हुन र सुरक्षा प्रबन्ध कडा गर्न बाध्य हुनेछ । नेपालजस्ता मुलुकमा सुरक्षाकर्मीलाई बढी सक्रिय गराउनेबित्तिकै नागरिक अधिकारमा अतिक्रमण हुनेगर्छ । माओवादी द्वन्द्वकालमा पनि यस्तो प्रवृत्ति देखिएको थियो । तर, अब समय धेरै अगाडि बढिसकेको छ । नेपाली जनता बढी सचेत र समझदार पनि भएका छन् । आतंकविरुद्ध गरिने सुरक्षा प्रबन्धका नाममा नाममा ज्यादती गरिएन भने असुविधा सहन पनि तयार हुनेछन् । आतंक सँघारमै आइपुगेको गम्भीरता बुझेर सरकारले सुरक्षा व्यवस्था बलियो र चनाखो बनाउनु ढिलो नगरोस् ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC