site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी प्रतिक्रिया–हामीलाई जिस्काउन खोजियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । हत्या अभियोगमा फरार रहेका बालकृष्ण ढुंगेललाई प्रहरीले गिरफ्तार गरेपछि माओवादी केन्द्रका नेताहरुले सरकारले द्वन्द्वकालिन घटनालाई ब्युँताएर आफूहरुलाई जिस्काउन लागेको बताएका छन् ।

माओवादी केन्द्रका नेतासमेत रहेका ढुंगेल मंगलबार सातदोबाटोबाट पक्राउ परेका हुन् ।

पक्राउपछि माओवादी केन्द्रका केही नेताहरुले बाह्रखरीसँगको कुराकानीमा आफूहरुलाई जिस्काउन ढुंगेललाई पक्राउ गरिएको प्रतिक्रिया दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“शान्ति प्रक्रियामा आइसकेपछि ढुंगेललाई प्रकाउ गर्न मिल्दैन,” माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले भने, “मेलमिलाप गरेर अगाडि बढ्ने भनेको प्रसंगमा पुराना घाउहरु कोट्टयाउन थालियो भने शान्ति प्रक्रिया बिच्किन सक्छ । सरकारले माओवादीलाई जिस्काउने काम गरेको छ, यसले शान्ति प्रक्रियालाई खलल पुर्याउँछ । जनयुद्ध तथा कतिपय आन्दोलनहरु अदालतसँग सम्बन्धित हुँदैनन्, यी राजनीतिक विषय हुन् । राजनीति विषयलाई राजनीतिक रुपबाटै हल गर्नुपर्छ । सरकारले ढुंगेललाई गिरफ्तार गरेर गम्भीर गल्ति गरेको छ ।’’

त्यसैगरी माओवादी केन्द्रका अर्का नेता गोपाल किराँतीले बालकृष्ण ढुंगेलको जीवन रक्षा र रिहाईको माग गर्ने बताए । उनले भने, “बालकृष्ण ढुंगेल हाम्रो प्रदेश समितिको सदस्य हुनुहुन्छ, उहाँको जीवन रक्षा र रिहाईको माग गर्छौं र पार्टी केन्द्रले तयारी गर्ने संघर्षको कार्यक्रमअनुसार प्रतिरोध संघर्षमा आउन १ नम्बर प्रदेशका कार्यकर्ताहरुलाई आह्वान गर्छ ।’’

Global Ime bank

माओवादीका केन्द्रका नेता सुरेन्द्र कार्कीले पनि वामपन्थी शक्तिहरुको तालमेलपछि सरकारको आक्रामकता बढेकाले युद्धकालको घटनालाई गिजोल्न खोजेको बताए ।

“वामपन्थी शक्तिहरुको तालमेलपछि सरकारको आक्रमकता बढेको छ, युद्धकालिन मुद्दाहरुलाई हामी बल्झाउन र गिजोल्न सक्छौं भन्ने सरकारको संकेत बढेको छ, नेपाली कांग्रेस पनि शान्ति प्रकियाको प्रमुख हिस्सेदार हो, शान्तिप्रक्रियाबाट ऊ पनि जिम्मेवार रहनुपर्छ ।”

उनले माओवादीका व्यक्तिहरु नै द्वन्द्वकालमा बढी मारिएको बताए ।

“युद्धकालमा कांग्रेसका मानिसहरुभन्दा माओवादीका मान्छेहरु बढी मारिएका छन्,” उनले भने, “कुनै अदृश्य शक्ति आएर माओवादीलाई मारेका होइनन्, कांग्रेसका मान्छेले नै मारेका हुन् । ढुंगेलको स्वास्थ्य स्थिति पनि नाजुक छ, यो अवस्थामा उनको जीवन तलमाथी भयो भने सरकारले छ पनि एउटा अप्रिय स्थिति भोग्नपर्ने हुन्छ ।’’
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC