site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जिल्ला अदालतमा उपस्थित गराएर बालकृष्ण ढुंगेललाई डिल्लीबजार लगियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर डिल्लीबजार कारागार पठाइएको छ ।
हत्या अभियोगमा फरार रहेका अभियुक्त बालकृष्ण ढुंगेल मंगलबार पक्राउ परेका हुन् ।

पक्राउ परेलगत्तै उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।  सर्वोच्च अदालतले पक्राउ आदेश दिँदासमेत ढुंगेल लुकिछिपी बस्दै आएका थिए ।
उनलाई ललितपुुरको सातदोबाटोबाट पक्राउ गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

हत्या अभियोगमा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको ठहर गरेका नेता ढुंगेललाई यसअघि नै पक्राउ गर्ने प्रयास गरिएको भए पनि प्रहरीलाई  उच्च दबाबका कारण पक्राउ गर्न सकेको थिएन ।

ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै २०६१ सालमा नै जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यानमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

Global Ime bank

सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा नै जिल्ला अदालतको फैसला ठहर गरेको थियो ।

ढुंगेललाई पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षकविरुद्ध नै रिट दायर भएपछि सर्वोच्चले ढुंगेललाई पक्राउ गरी जानकारी गराउन आदेश समेत दिएको थियो ।
त्यसपछि प्रहरीले ढुंगेलको खोजी तीव्र बनाएको प्रहरी स्रोतले जानकारी दियो । 

प्रहरी उच्च स्रोतकाअनुसार पछिल्लोपटक एकसातादेखि सादा पोशाकका प्रहरी ढुंगेलको खोजीमा थिए । ओखलढुंगाका उज्जन श्रेष्ठको २०५५ सालमा हत्या भएको थियो । माओवादी केन्द्रका नेतासमेत रहेका ढुंगेललाई पक्राउ नगर्न यसअघि केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै दबाब दिएका थिए ।

ढुंगेललाई भन्दा पहिले आफूलाई पक्राउ गर्न दाहालले सार्वजनिक चेतावनी समेत दिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC