site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजपा–फोरमबीच मिल्यो भागबण्डा, कांग्रेससँग निर्णायक छलफल गर्दै 
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले क्षेत्र बाँडफाँटमा संख्या भाग लगाएका छन् । 

बिजुलीबजारस्थित तमलोपाको पुरानो कार्यालयमा मंगलबार बिहान बसेको बैठकले क्षेत्र बाँडफाँटमा प्रारम्भिक सहमति जुटाएको हो ।

Agni Group

बैठकले प्रतिनिधिसभातर्फ फोरमलाई १७ र राजपालाई १६ सिट रहने गरी भागवण्डा गरेको छ ।  त्यस्तै प्रदेशसभामा फोरमले ३३ सिटमा उमेदवारी दिनेछ भने राजपाले ३१ ठाउँमा उमेदवारी दिनेछ ।

राजपा महासचिव केशव झाका अनुसार अहिले सिट संख्यामात्रै छुट्टयाइएको छ  । कांग्रेससँगको छलफलपछि मात्रै निर्वाचन क्षेत्र बाँडफाँट गरिनेछ ।

Global Ime bank

कांग्रेससँग तालमेलमा समझदारी कायम भयो भने दुवै दलले अहिले टुंग्याएका सिट घट्नेछ  । तथापि बाँडफाँटको अनुपात भने यही हुने उनले जानकारी दिए ।

राजपा स्रोतका अनुसार कांग्रेससँग तालमेलै नभए पनि कन्युनिष्ट गठबन्धन बलियो भएको ठाउँ, शीर्ष नेता उठेका ठाउँमा राजपाले कांग्रेसलाई सघाउने विषयमा सहमति कायम हुन सक्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC