site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

तुलसीपुर, रासस । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दाङमा एमाले माओवादी गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ । 

एमालेका अध्यक्ष टीकाराम खड्काका अनुसार दाङमा रहेका तीन क्षेत्रमध्ये दुई क्षेत्र एमालेलाई र एक क्षेत्र माओवादीलाई दिइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसहित एमालेले छ र माओवादीले तीन क्षेत्र पाएका छन् । एमालेले प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि चार क्षेत्र पाएको छ । यस्तै माओवादीले प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि २ क्षेत्र पाएको छ । एमालेले क्षेत्र नं एकबाट प्रतिनिधिसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ । 

प्रदेशतर्फ ‘क’ मा माओवादीका इन्द्रजित थारु, ‘ख’ मा एमालेका रेवतीरमण शर्मा उम्मेदवार बन्ने अपेक्षा गरिएको छ । 

Global Ime bank

प्रतिनिधिसभाका लागि क्षेत्र नं ३ मा हीराचन्द्र केसी, प्रदेशका लागि ‘क’ मा माओवादी उम्मेदवार र ‘ख’ मा एमालेका उत्तर ओली उम्मेदवार बन्ने बताइएको छ । 

प्रदेशसभाको लागि क्षेत्र नं २ मा माओवादीका कृष्णबहादुर महरा उम्मेदवार बनेका छन् भने प्रदेशतर्फ २ को ‘क’मा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल र ‘ख’मा एमालेकै अमर डाँगी उम्मेदवार बन्ने भएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC