site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उमेदवार छनोटको सकसः एमालेले आज टुंगो लगाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेले टुंगो लाग्न बाँकी प्रदेशहरूमा आज उमेदवार तय गर्ने भएको छ । उमेदवार टुंग्याउन पार्टी उपाध्यक्ष वामदेव गौतम निवास भैँसेपाटीमा स्थायी कमिटीको बैठक बसेको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

सोमबार बसेको बैठकले सात नम्बर प्रदेशमा उमेदवार टुंग्याएको छ भने आज बसेको बैठकले बाँकी प्रदेशमा उमेदवारी टुंग्याउनेछ ।

“आजको बैठकले सबै उमेदवारी टुंग्याउँछ । बीचमा समानुपातिकतर्फको उमेदवारीले ढिलाइ भएको हो,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार टुंगो लागेका उमेदवारहरू

सोमबारको बैठकले कञ्चनपुर–२ बाट नरबहादुर धामीलाई प्रतिनिधिसभाको उमेदवार बनाउने निधो गरेको छ भने ३ मा दीपकप्रकाश भट्ट उमेदवार बन्ने छन् । १ नम्बर क्षेत्र भने माओवादी केन्द्रको भागमा परेको छ । 

Global Ime bank

प्रदेशसभातर्फ १ को (क)मा तारा लामा तामाङ र (ख)मा मर्यादा विष्टलाई टिकट दिने निर्णय गरेको छ । त्यस्तै २ को (ख)मा लालबहादुर खड्का र  ३ को (क) मा प्रकाश रावल उमेदवार बन्ने छन् । बाँकी प्रदेशसभा माओवादी केन्द्रलाई छाडिएको छ  । त्यस्तै ५ क्षेत्र रहेको कैलालीमा २ क्षेत्र माओवादीलाई ३ क्षेत्र एमालेलाई बाँडिएको छ । 
जसमा १ नम्बर क्षेत्रमा गरिमा शाह २ नम्बरबाट झपट रावल  र ५ नम्बरबाट नारदमुनि राना उमेदवार बन्नेछन् ।

प्रदेशसभा तर्फ कैलाली– १ (क) मा लालवीर चौधरी, २ (ख) मा  रतन थापा, ३ (ख) मा अम्बर साउद, ४ (ख)मा कृष्णराज सुवेदी र ५ (क) मा नेपालु चौधरी उमेदवार बन्नेछन् ।

डोटीमा प्रेम आलेमगर प्रतिनिधिसभाको उमेदवार बन्नेछन् । त्यहाँका दुईवटा प्रदेशसभामध्ये (क) मा माओवादी केन्द्रलाई छाडिएको छ भने (ख) मा चक्र मल्ल उमेदवार बन्नेछन् ।

अछाम–१ बाट प्रतिनिधिसभामा पार्टी उपाध्यक्ष भीम रावल उमेदवार बन्नेछन् भने अछाम–२ बाट यज्ञ बोगटी उमेदवारले टिकट पाउनेछन् । प्रदेशसभातर्फभने २ को (ख) मात्रै एमालेको भागमा परेको छ । र, त्यहाँबाट बलबहादुर सोडारी उमेदवार बन्नेछन् ।

डडेलधुराको प्रतिनिधिसभा माओवादी केन्द्रको भागमा परेको भने त्यहाँका दुई वटा प्रदेशसभामा (क) मा  पठानसिंह बोहोरा, र (ख) मा डा. तारा जोशीलाई उमेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

गठबन्धनले पनि सबै उमेदवारी आजै टुंग्याउने

गठबन्धनले पनि आजै दुवै दलको अध्यक्ष बसेर उमेदवारी टुंग्याउने कार्यदलका सदस्य मातृका यादवले जानकारी दिए । उनकाअनुसार मोरङ, काठमाडौँ, उदयपुर र महोत्तरीमा टुंगो लाग्न बाँकी छ । “काठमाडौँकै पनि मिलिसकेको छैन । तलको सहमतिलाई मध्यनजर गरेर उमेदवारी टुंग्याउनुपर्छ । त्यसबाहेक उदयपुर र महोत्तरीका केही क्षेत्रमा टुंगो लाग्न बाँकी छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC