site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लमजुङमा कसको पल्ला भारी ?
Sarbottam CementSarbottam Cement

लमजुङ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी लमजुङमा पनि तीव्र रुपमा भैरहेको छ । १ लाख १५ हजार ४५६ मतदाता रहेको लमजुङमा चुनावी चटारो छाएको हो । यसअघि दुई निर्वाचन क्षेत्र कायम रहेको लमजुङमा अहिले एक निर्वाचन क्षेत्र कायम गरिएको छ । 

पहिलो चरण अर्थात १० मंसिरका लागि निर्वाचन तोकिएको लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि मात्रै १२ जना आकांक्षी खडा छन् ।

एमालेले माओवादी केन्द्रलाई उमेदवार छाडेको लमजुङमा गठबन्धनका तर्फबाट देव गुरुङ उमेदवार बनेका छन् । कांग्रेसकातर्फबाट दिलबहादुर घर्ती प्रतिस्पर्धामका छन् । त्यस्तै एमालेले ४ नम्बर प्रदेशको म्ुख्यमन्त्री बनाउने गरी पार्टी सचिव एवम् संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङलाई उमेदवार बनाएको छ । त्यस्तै प्रदेश १ बाट धनञ्जय दुवाडी प्रतिष्पर्धामा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसले गजबहादुर गुरुङ र कृष्णप्रसाद कोइरालालाई क्रमशः प्रदेश १ र २ को उमेदवार बनाएको छ ।

राप्रपा, राप्रपा प्रजातान्त्रिकले कांग्रेसलाई समर्थन गर्ने बताएकाले लमजुङमा यसपटक कम्युनिष्ट र कांग्रेस गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

Global Ime bank

यस्तो छ विगत

लमजुङ गुरुङ, मगर बहुल क्षेत्र हो । ०६४ को निर्वाचनमा पूर्वी लमजुङ अर्थात क्षेत्र नम्बर १ बाट माओवादीका बुद्धिराम गुरुङले २१ हजार ४४ मत ल्याएर विजयी भएका थिए ।

कांग्रेसका तुलसीनारायण श्रेष्ठले १० हजार ५३२ मत ल्याउँदा एमालेका मायानाथ अधिकारी ९ हजार १८६ मत ल्याएर तेस्रो भएका थिए ।

०७० मा सोही क्षेत्रमा एमालेको पल्ला भारी भएको थियो । एमालेका जमिन्द्रमान घले ११ हजार ३०९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसमा डा. टकराज गुरुङ १० हजार ४४१ मतका साथ दोस्रो भए । तेस्रो भएका माओवादीका देवेन्द्र पराजुलीले ६ हजार ३५५ मत ल्याएका थिए ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर दुईमा भने ०६४ को निर्वाचनमा  एमालेका  पृथ्वी सुब्बा गुरुङ १९ हजार ५८३ मतका साथ निर्वाचित भएका थिए भने दोस्रो भएका नेपाली कांग्रेसका उमेदवार दिलबहादुर घर्तीले १३ हजार ६९९ मत ल्याएका थिए । माओवादीका मधु अधिकारीको ९ हजार ४९५ मत आएको थियो त्यतिबेला ।

७० को निर्वाचनमै क्षेत्र नम्बर २ मा भने कांग्रेस निर्वाचित भयो । कांग्रेसका चन्द्रबहादुर कुँवरले १४ हजार ७६५ मत पाउँदा एमाालेका पृथ्वी सुब्बा गुरुङको १४ हजार ९३ मत आयो ।  सो क्षेत्रबाट माओवादीका पारशमणि पौडेलले ५ हजार २९५ मत ल्याएका थिए ।

एमाले झिनो मतले अघि

यो निर्वाचनमा आइपुग्दा लमजुङ एउटा क्षेत्रमा सीमित भएको छ । ०७० को निर्वाचनलाई आधार बनाएर दुवै क्षेत्रको मत जोड्ने हो भने एमाले झिनो मतले कांग्रेसभन्दा अघि छ । एमालेको २५ हजार ४०२ मत छ भने कांग्रेसको २५ हजार २०६ मत रहेको छ । त्यस्तै माओवादी केन्द्रको मत माओवादी ११ हजार ६५० छ ।

स्थानीय निर्वाचन कांग्रेस अघि

स्थानीय निर्वाचनमा एमाले भन्दा कांग्रेस अघि देखिएको छ । लमजुङको स्थानीय तहका कांग्रेसका वडाध्यक्षले ३२ हजार ६२४ मत ल्याएका छन् भने ४३ सय मतले पछि छ । उसले ३० हजार ३१३ मत पाएको छ । लमजुङमा माओवादी केन्द्रको खासै मत देखिँदैन । उसले ६ हजार १८२ मात्रै मत ल्याएको छ । त्यस्तै राप्रपाले लमजुङमा  ७२० मत पाएको छ ।

के भन्छन् मतदाता ?

विगतमा निर्वाचन जितेका प्रतिनिधिले राम्रो भूमिका निर्वाह गर्न नसेको त्यहाँको मतदाताको गुनासो छ । जनतामा भिजेको उमेदवार उठाउनुभन्दा नेतालाई मन परेको मान्छे उठाउँदा जनताप्रति उत्तरदायी हुन नसेकेको र जिल्लाको समग्र विकास पछि परेको उनीहरूको तर्क छ । स्थानीय मुक्तिनाथ अधिकारी लमजुङ केन्द्रीय राजनीतिको हस्तक्षेपको सिकार भएको जिकिर गरे । मध्य नेपाल नगरपालिकाका रैथाने उनले वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धन कमजोर भएको जिकिर गरे ।

“कांग्रेस आफैँ विभाजित छ । कम्युनिस्ट एक भएका छन् । प्रतिस्पर्धामा जित्ने हो भने कांग्रेसभित्र गुटबन्दी हुनुहुँदैन,” उनले थपे ।

उनले लमजुङ जलविद्युत ऊर्जामा आत्मनिर्भर र निर्यात गर्न सक्नेसमेत जिल्ला भएकाले जलसम्पदा उपयोगमा जिल्लाको राजनीति चुकेको तर्क गरे ।

जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको अपर मस्र्याङ्दी परियोजना चलिरहेको छ । त्यस्तै सुपर मस्र्याङ्दीको काम भइरहेको छ । त्यस्तै जिल्लामा दोर्दी जलविद्युत परियोजनासमेत सञ्चालनको प्रक्रियामा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC