site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सिँचाई मन्त्री एनपी सावदले आशन्न प्रतिनिधिसभा निर्वाचनमा श्वेत पत्र जारी गरेर मतदाता सामु जाने बताएका छन् । दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुर–२ निर्वाचित नेता सावदले आफू निर्वाचित भइसकेपछि कञ्चनपुरको विकासका लागि गरिएका कामको बारेमा स्वेतपत्र जारी गरेर निर्वाचनमा जाने बताएका हुन् । 
‘‘अघिल्लो चुनाव जितेपछि आफ्नो क्षेत्रमा गरेको विकास निर्माणका काम के कति पूरा भए, कति बाँकी छन् र कति बजेट खर्च भएको छ भन्ने बारेको पारदर्शिता ल्याउन श्वेत पत्र जारी गरेर मतदाता सामु जाँदैछु ।’’ काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता सावदले भने । उनले कञ्चनपुर निवाचन क्षेत्र नम्बर २ मा विकासका कामहरु द्रुत गतिमा अघि बढाएको र उक्त क्षेत्रलाई देशकै नमुना निर्वाचन क्षेत्रका रुपमा अघि बढाउने प्रतिवद्धा जनाए ।

जनताको जन–जीवनसँग प्रत्यक्ष रुपमा जोडिएका मुद्दामा निकै गम्भीर भएर लागेको नेता साउदले बताए । उनले भने, ‘‘मलाई २०७० सालमा जनताले विजयी गराइसकेपछि चुनाव अघि जनाएको प्रतिबद्धता अनुसारका मुद्दाहरुलाई ठोस रुपमा सम्बोधन गरेको छु । जनतासँग प्रत्यक्ष सरोकार राख्ने सडक, सिँचाई, खानेपानी, शिक्षा तथा रोजगारीलगायतका विषयमा मैले काम गरेको छु ।’’

Prabhu Bank
Agni Group
NIC Asia

कञ्चनपुरको वाणीबाट देखतभुली हुँदै पचकडिया जोड्ने सडक, झलारीको कलुवापुरदेखि बेलौरीसम्मको सडक, मालुबेलादेखि रैकवार बिचवा हुँदै कैलालीको धनगढीसम्मको सडक, डोके बजार–बेलौरी–बेल्डाँडी–दैजी हुलाकी सडकसँगै २१ वटा साना–ठूला पक्की पुलहरु निर्माण गरेको नेता सावदले जानकारी दिए । उनका अनुसार केही सडकहरुमा कालोपत्रेको काम चलिरहेको र केही सडक, पुल तथा सिँचाई परियोजनाहरु सम्पन्न भइसकेका बताए ।

नेता सावदले सिँचाई मन्त्रीका रुपमा मन्त्री परिषद्मा प्रतिनिधित्व गर्दा आफूले कञ्चनपुरमा २६ वटा खानेपानी परियोजना सञ्चालनमा ल्याएको बताए । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सावदले शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट बिस्थापित जनताको माग सम्बोधनका लागि  सुकुम्वासी समस्या समाधान आयोगसँग संवाद भइरहेको जानकारी दिए । मुक्त कमैयाका शिविरहरुमा सिँचाइका लागि डिप ट्युवेल, विद्युतीय प्रशारण लाइन विस्तारसँगै कञ्चनपुरको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न क्याम्पसमा संसद् विकास कोषमार्फत भौतिक संरचना निर्माण र आर्थिक सहयोग उपलब्ध गराएको जानकारी दिए । 

Global Ime bank

दोस्रो चरणमा हुने प्रतिनिधिसभाका लागि कञ्चनपुर क्षेत्र नम्बर २ बाट उमेदवार बनेका सावदले कञ्चनपुरमा विकासको स्वरुप नै परिवर्तन गरेकाले आगामी निर्वाचनमा पनि जनताले आफूलाई माया गर्ने विश्वास गर्दै भने, ‘‘म हरेक समय आफ्ना मतदाताहरुसँग सम्पर्कमा छु । उहाँहरुका पीर–मार्का र गुनासाहरु सम्बोधन गर्न सदा तयार भएँ । त्यसकारण आगामी निर्वाचनमा मलाई नै भोट दिएर जिताउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।’’

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC