site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘मतपत्र छपाई सुरु भइसक्यो, अवहेलना गरिएको छैन’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्चमा जवाफ पठाउँदा प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टा छुट्टै मतपत्र छाप्न सुरु गरिसकेको जवाफ दिएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले प्रस्तुत गरेको जवाफमा बैतडी, बझाङ, दार्चुला, बाजुरा र जाजरकोटको मतपत्र छुट्टा छ्ट्टै छाप्न थालिसकेको जनाइएको छ । 

यादवले जवाफमा आयोगको आइतबार बसेको बैठकले छुट्टा–छुट्टै मतपत्र छाप्ने निर्णय गरेको उल्लेख गरेका छन् । 
जवाफमा “अदालतमा विपक्षीले दायर गरसेको जस्तै अदालतको अवहेलना नभएको र संघीय र प्रदेश तहको निर्वाचन एउटै मतपत्रबाट गर्न खोजिएको होइन र छैन,” भन्दै मुद्दा खारेज गरिपाउँ भनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले अलग–अलग मतपत्र मात्र नभई प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनसँग सम्बन्धित विभिन्न निर्देशिका, मतदान शिक्षा सामाग्री, उमेदवारी दर्ता र नतिजा तयारी सम्बन्धी सफ्टवेर, विभिन्न तहको तालिम सामग्री समेतमा परिमार्जन गर्नुपर्ने, मतपत्र छपाइ कार्ययोजनमा संशोधन गर्नुपर्ने, मतपत्र छपाइ कागज खरिद पनि गर्नुपर्ने जवाफमा उल्लेख छ ।

“सम्मानित अदालतको आदेशको भावना र ममैको सम्मान गरी उक्त आदेश कार्यान्वयन गर्नेतर्फं कारबाही भई रहेको हुँदा सम्मानित अदालतको अवहेलना गर्ने कार्य तथा मनसाय म बाट नभए, नगरेको हुँदा प्रस्तुत अवहेलना मुद्दा खारेज गरी पाउँन सविनय यो निदेदन गरेको छु,” प्रमुख आयुक्त यादवको जवाफमा उल्लेख छ ।

Global Ime bank

यसअघि आयोगले एउटै मतपत्रको माथिल्लो भागमा प्रतिनिधि सभा र तल्लो भागमा प्रदेश सभाको मतपत्र छाप्ने तयारी गरेको थियो । 

प्रतिनिधिसभा र प्रदेशको प्रत्यक्षतर्फ एउटै सिटमा दुई मतपत्र तथा समानुपातिकको अर्को सिटमा दुई तहका लागि मतपत्र डिजाइन गरिएको थियो। एउटै सिटमा हुन नहुने भन्दै राजपाका नेता  सर्वेन्द्रनाथ शुक्लले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनको रिटमा अन्तरिम आदेश नदिएको अदालतले समानुपातिकको मतपत्र एउटैमा भए पनि प्रत्यक्षका लागि पुनर्विचार गर्ने आशयको फैसला गरेको थियो। तर, नेता शुक्लले अदालतको निर्णयको अपहेलना भएको भन्दै अपहेलना मुद्दा दायर गरेका थिए । उक्त मुद्दामामा अदालतले आयोगको जवाफ मागेको थियो। उक्त फैसलाको जवाफ तयार पार्दै आयोगले दुई मतपत्र छाप्न तयार रहेको जनाएको हो।

शुक्रबार नै मतपत्र छाप्न सुरु गरिसकेको बताएका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादव चौतर्फी दबाबपछि चुनौतीपूर्ण भएपनि दुई मतपत्र छाप्ने निर्णयमा पुगेका हुन् । 
उनी जस्तो चुनौती सामना गरेर पनि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आफू प्रतिवद्ध रहेको जनाउँदै आएका छन् ।
 
आयोगको जवाफ बुझेपछि सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले उक्त मुद्दाबारे प्रधानमन्त्री शेरबहादुर देउवाको लिखित जवाफ आएपछि मात्रै पेशी तोकिने जानकरी दिए । 
शुक्लले प्रधानमन्त्री देउवालाई समेत विपक्षी बनाउनँदै मुद्दा दायर गरेकाले देउवाको पनि जवाफ बुझाउने पर्ने भएकाले १५ गते पेशी तोक्ने प्रवक्ता पन्थीको भनाइ छ । 
 
\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC