site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिटौलासहित कांग्रेसका थप ५ जनाको उमेदवारी तय
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि थप पाँच जना उमेदवारको टुंगो लगाएको छ । कांग्रेस संसदीय समितिको सोमबार बसेको बैठकले प्रत्यक्षतर्फ झापा–३ मा कृष्णप्रसाद सिटौलालाई प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उठाउने निर्णय गरेको छ । यसअघि उनलाई कांग्रेसको समानुपातिकतर्फको बन्द सूचीमा नाम सिफारिस गरेको थियो । 

बैठकले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवा, मकवानपुर–२ बाट महालक्ष्मी उपाध्याय ‘डिना’, तेह्रथुमबाट सीता गुरुङ र काठमाडौं–३ बाट अम्बिका बस्नेतको उमेदवारी सुनिश्चित गरेको संसदीय समिति सदस्य एनपी साउदले जानकारी दिए । कांग्रेसले अहिलेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्ने कुल ३५ जना नेताको उमेदवारी टुंग्याएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच कांग्रेसले झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेता सिटौलालाई उमेदवार बनाउने निर्णय गरेपछि सत्ता साझेदार राप्रपाले कांग्रेससँगको गठबन्धन टुटेको बताएको छ । सोही क्षेत्रमा गठबन्धनबाट चुनाव लड्न इच्छुक राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस–राप्रपा गठबन्धन टुटेको घोषणा गरेका हुन् । 

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘‘भ्रममा नपरौं झापा क्षेत्र नं.३ बाट मेरो उमेदवारी कायम रहन्छ÷कुरा यति हो ... एउटै गठबन्धनको २ उमेदवार भएपछि कांग्रेससँगको गठबन्धन टुट्यो ।’’

Global Ime bank

तर कांग्रेस संसदीय समिति सदस्य साउदले राप्रपासँगको गठबन्धन नटुट्ने दाबी गरे । सोमबार नै गठबन्धनमा देखिएको पछिल्लो विषयका बारेमा कांग्रेस सभापति शेरबबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापाबीच छलफल भएको जानकारी दिए । ‘‘दुवै पार्टीका अधयक्षबीच गठबन्धनको विषयलाई लिएर आज छलफल भएको छ ।’’ उनले भने, ‘‘राप्रपाले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउँदैन भन्नेमा विश्वस्त छौं ।’’ 

कम्युनिष्ट पार्टीहरुले गठबन्धन बनाएर मुलुकमा एक दलीय कम्युनिष्ट शासन लाद्ने प्रयास गरिरहेका बेला गैर कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउन जरुरी रहेको नेता साउदको भनाई थियो । ‘‘मुलुकको पछिल्लो परिस्थितमा गैर कम्युनिष्टहरु मिलेर  राष्ट्रिय जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने मान्यता कांग्रेसको छ,’’ उनले भने । लोकतान्त्रिक गठबन्धनमा रहेका दलहरुले साना तिना कुरामा अल्मलिन नहुनेमा नेता साउदले जोड दिए ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC