site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हल्लाको खेती 

निर्वाचन आयोगले सर्वोच्च अदालतलाई पठाउने अलग मतपत्रसम्बन्धी विवरणमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि अलगअलग मतपत्र छाप्ने जानकारी दिएको समाचारले निर्वाचन हुँदैन भनेर मच्चाइएको कोहोलो झुटो सिद्ध भएको छ । यसैगरी दुई वटा अलग मतपत्र बनाउने हो भने समयमा निर्वाचन गर्न सकिँदैन भन्ने रटान छाडेर आयोगका पदाधिकारीले बुद्धिमानी देखाएका छन् ।

तर, यसबाट उनीहरूको साख भने समाप्त भएको छ । व्यक्ति विशेषको साख गिर्दा त धेरै फरक पर्दैन तर यस्तै प्रवृत्ति रहिरहे संस्थाकै विश्वसनीयता समाप्त हुन्छ । स्वतन्त्र निर्वाचन आयोग लोकतन्त्रको एउटा खम्बा हो । यसैले यो संस्था कमजोर हुँदा लोकतन्त्र बलियो हुनसक्तैन । चिन्ता यसैको हो ।

संस्थाको साख पनि व्यक्तिको जस्तै निकै कमजोर हुन्छ । कमाउनभन्दा जोगाउन कठिन हुन्छ । अहिले भारतको निर्वाचन आयोग पनि त्यस्तै विश्वासको संकटमा छ । कुनै जमानामा भारतका प्रमुख निर्वाचन आयुक्त टी.एन. शेषन विश्वमै उदाहरणीय बन्न पुगेका थिए । सरकारलाई उनले नटेरेको वा सरकारका कुनै कामले निर्वाचनमा असर पर्ने देखिएमा त्यसविरुद्ध दह्रो अडान राखेको र समग्र निर्वाचन प्रक्रियामा सुधारका लागि उनले गरेको कामका लागि शेषन अहिले पनि सम्झिइन्छन् । निकै खस्केको भारतीय निर्वाचन आयोगको साख शेषनकै पालामा र कारणले पुनः स्थापित भएको मानिन्छ । अहिले त्यही भारतीय निर्वाचन आयोग कुनै विशेष राज्यको मतदान तिथि सरकारको सुविधामा घोषणा गर्ने हदसम्म झुकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजराजमा पनि यसपटक विधान सभाको चुनाव छ । सँगै अरू केही राज्यमा पनि विधान सभाको निर्वाचन हुँदैछ । सामान्यतः ६ महिनाभित्र हुने विधान सभा चुनावका लागि निर्वाचन आयोगले मितिको घोषणा एकैपटक गर्छ । प्रायः निर्वाचन चरणबद्ध हुने चलन भएकाले मतदानको तिथिसँगै मतगणनाको तिथि पनि घोषणा गरिन्छ । यसपटक भने अरू प्रदेशको निर्वाचन कार्यक्रमसँगै गुजरातको पनि मतगणनाको तिथि घोषणा गरियो । तर, निर्वाचनको अरू कार्यक्रम भने प्रकाशित गरिएन । गुजरातमा लगातार १५ वर्ष शासन गरेको भारतीय जनता पार्टीको यसपटक बढी नै विरोध भएको रहेछ ।

केन्द्रमा भारतीय जनता पार्टीको सरकार छ र गुजरातमा नरेन्द्रभाइ मोदी प्रधानमन्त्री छन् । प्रधानमन्त्री मोदीलाई गुजरातका जनतालाई लोभ्याउने विशेष कार्यक्रम घोषणा गर्ने मौका दिनका लागि निर्वाचन आयोगले निर्वाचनको मिति हिमाञ्चलसँगै घोषणा नगरेको आरोप प्रतिपक्षीले लगाएका छन् । निर्वाचन आयोगले त्यसको चित्तबुझ्दो उत्तर दिन सकेको छैन । 

Global Ime bank

नेपालको निर्वाचन आयोगका पदाधिकारीले दुईवटा अलग अलग मतपत्र बनाउनु पर्ने कानुनी प्रावधान थाहै नपाएको त पक्कै हैन । उनीहरूले हेलचेक्य्राइँ गरेका हुन् वा नियत वश एउटै मतपत्रको नमुना तयार गरेर बसेका हुन् यसै भन्न सकिने आधार देखिँदैन । तर, उनीहरूको आनाकानी र कम्युनिस्टहरूको प्रचारवाजीले सर्वोच्च अदालतलाई व्यर्थमा विवादमा ल्याउने काम गर्‍यो । सामाजिक सञ्जालमा मात्र हैन देशमा प्रतिष्ठित वुद्धिजीवीहरूसमेत कानै नछामी कागका पछि दौडे ।

पत्रिकाहरूमा केही दिन निर्वाचन सर्ने सन्देह बढाउने समाचारको बाढी नै आयो । कम्युनिस्ट गठबन्धनका नेताहरू पुष्पकमल दाहाल र खड्गप्रसाद ओलीले त सरकारले निर्वाचन सार्ने षड्यन्त्र गरेको, सर्वोच्च अदालत त्यस षड्यन्त्रमा मतियार भएको भन्दै अदालतलाई चेतावनी, चुनौती, धम्की सबै दिए । नेताहरूको मनसाय बुझेका कम्युनिस्ट कार्यकर्ता दुई पाइला अगाडि बढेर चुनाव नहुने षड्यन्त्र भइसकेको भ्रम जनतामा पार्न अग्रसर भए ।

निर्वाचन आयोगको मूर्खता र हेलचेक्य्राइँका कारण पक्कै पनि अनिश्चय देखिएको थियो तर त्यसमा सरकार र सर्वोच्च अदालतको दोष थिएन । कम्युनिस्ट नेता, कार्यकर्ता र कथित बुद्धिजीवीको झुटको खेतीले अदालतलाई विवादमा तान्यो । सरकारका तर्फबाट कसैले पनि चुनाव रोक्ने धारणा सार्वजनिकरूपमा प्रकट गरेका थिएनन् । बरु, चुनाव तोकिएकै मितिमा हुन्छ भने आश्वस्त पार्ने काम गरेका थिए ।

यिनको विगतका कारण सन्देह गर्नु अस्वाभाविक नहोला तर अहिले निर्वाचनका सन्दर्भमा शंका गर्नुपर्ने भूमिका देखिएको छैन । गलत प्रचारको हतियार बनेकोमा सञ्चार माध्यम, बुद्धिजीवी र कम्युनिस्ट नेताहरूले जनसमक्ष माफी माग्लान् त ? दुभाग्र्य, माफी नै मागे पनि तिनले फैलाएको भ्रमबाट अदालतको साख गिरेको भए माथि उठ्नेछैन । 

भ्रमको खेती
नेपालको चुनाव सर्ने समाचार सही थिएन तर अदालतमा मुद्दा परेकाले कतै न कतै टेक्ने आधार थियो भ्रमको खेती गर्नेहरूको । द न्यु योर्क टाइम्समा प्रकाशित एउटा लेखमा हुँदै नभएको घटनाका आधारमा पनि राजनीति गर्नेहरू उत्तेजित वा प्रभावित हुँदारहेछन् भन्ने रमाइलो उदाहरण प्रस्तुत भएको छ  । 

फिलिपिन्सको द मनिला टाइम्समा पत्रकार येन माकाबेन्ताले आफ्नो लेखमा संयुक्त राष्ट्रसंघमा अमेरिकी प्रतिनिधि निकी हेलीलाई उद्धृत गर्दै हेलीले राष्ट्रपति रोड्रिगो दुतेर्तेको प्रशंसा गरेको र उनलाई राज्य सञ्चालन गर्न सहयोग गर्नुपर्ने धारणा राखेको उल्लेख गरेछन् ।

संसारका सबै मानव अधिकार समुदायले दुत्कारेका दुतेर्तेलाई अमेरिकी प्रतिनिधिले समर्थन गरेको समाचारले एक प्रकारको सनसनी नै फैलाएछ । अगिल्ला राष्ट्रपति बाराक ओबामाको पालामा छोइछिटोमा परेका दुतेर्तेलाई यस समाचारले हर्षित पनि बनायो होला ।

परन्तु, निकी हेलीले दुतेर्तेको सराहना गरेको समाचारै जाली रहेछ । अल जजिराको कुनै समाचारको प्रतिवादमा लेखिएको नक्कली समाचार रहेछ । माकाबेन्काको सिंगो लेखै गलत समाचारमा आधारित भएकाले अर्थहीन भएछ । 

चुनाव सर्ने र सार्ने षड्यन्त्रको हल्ला पत्याएर दौडने पत्रकार र विश्लेषकमात्र हैन सामाजिक संजालका प्रयोगकर्ता पनि माकाबेन्का बन्न पुगे ।  
यसबाट सिकेर एक जना पनि कसैले भ्रमको खेती बन्द गर्लान् त ? 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC