site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

राजविराज, रासस । अगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै राजपा नेपालका नेता लक्ष्मण यादव दुई दिनदेखि आमरण अनशनमा बसेका छन् । 

राजपा सप्तरी क्षेत्र नं २ का सभापतिसमेत रहेका यादवले नातावाद, पहुँच र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गरेको आरोप लगाएका छन् । 
जनआन्दोलन र मधेश आन्दोलनका अगुवाइलाई पाखा लगाई नेताहरूले आसेपासे र पहुँचवालालाई टिकट वितरण गरेको आरोप लगाउँदै यादव राजविराजस्थित गजेन्द्र चोकमा अनशनमा बसेका छन् । विसं २०४८ देखि तत्कालीन सद्भावना पार्टीबाट राजनीतिमा लागेका उनी स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको प्रमुख पदका आकांक्षी थिए । 
“नेतृत्वले प्रतिनिधि सभा वा प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाउने आश्वासन दिएको थियो,” उनले भने । सातबुँदे माग अघि सार्दै उनी अनशनमा बसेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC