site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

कञ्चनपुर । आगामी मंसिर २१ गते हुन गइरहेको दोस्रो चरण अन्तरगतको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा २७ मतदान केन्द्र थप गरिएको छ । 

स्थानीय तहको निर्वाचन पछि मतदातको संख्या बढेका कारण कञ्चनपुरमा मतदान केन्द्रको संख्या थप गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख केशवसिंह भण्डारीले स्थानीय तहको निर्वाचनमा दुई सय ९३ मतदान केन्द्र र एक सय ३२ मतदान स्थल रहेको कञ्चनपुरमा मतदान स्थलको संख्या बढेर तीन सय २० र मतदान केन्द्र साविककै एक सय ३२ रहेको छ । 

Agni Group

मतदाता बढी रहेका पुनर्वास नगरपालिकामा ६, भीमदत्त नगरपालिकामा ५, बेदकोट, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा ४÷४ मतदान केन्द्र थप गरिएको भण्डारीले बताए । यसैगरी महाकाली नगरपालिकामा ३, लालझाडी नगरपालिकामा १ मतदान केन्द्र थप गरिएको छ । 

प्रत्येक मतदान केन्द्रमा ७ जनाका दरले कुल दुई हजार २४० कर्मचारी खटाइने निर्वाचन कार्यालय प्रमुख भण्डारीले बताए । नयाँ प्रकृयाको निर्वाचन भएकाले मतदातालाई जानकारी गराउन कञ्चनपुरमा तीन सय २० जना स्वयंसेवक खटाउने तयारी भैरहेको छ । निर्वाचन साक्षरता कक्षा सञ्चालनका लागि आवश्यक सामग्री पुगेपछि कामलाई तिव्रता दिने निर्वाचन कार्यालयले जनाएको छ । 

Global Ime bank

७ नगरपालिका र २ गाउँपालिका रहेको कञ्चनपुरमा तीन प्रतिनिधि सभा र छ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । कञ्चनपुरमा मतदाताको संख्या दुई लाख ६४ हजार नौ सय ७५ रहेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको अन्तिम नामावली अनुसार पुरुष मतदाता एक लाख ३६ हजार चार सय ५१, महिला मतदाता एक लाख २८ हजार पाँच सय २३ र एक जना तेश्रो लिङ्गी मतदाता रहेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC