site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौंमा एमाले–माओवादीको भागबण्डा मिल्यो, तीन क्षेत्र र तीन प्रदेश सभा माओवादीलाई
Sarbottam CementSarbottam Cement

काठमाडौँ । कम्युनिष्ट गठबन्धनले काठमाडौँमा क्षेत्र बाँठफाँट टुंगो लगाएको छ ।

१० सिट रहेको काठमाडौँमा गठबन्धनले एमालेलाई ७ क्षेत्र र माओवादी केन्द्रलाई तीन क्षेत्र दिनेगरी अनौपचारिक बाँडफाँट गरेको हो । कार्यदलका एक सदस्यकाअनुसार प्रतिनिधिसभातर्फ एमालेको भागमा काठमाडौँ क्षेत्र नम्बर १, २, ३, ४, ५, ७, ९ परेको छ भने ६, ८ र १० माओवादी केन्द्रको भागमा परेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभातर्फ पनि माओवादी केन्दले तीन क्षेत्रमात्रै पाउने भएको छ । क्षेत्र नम्बर १ को ख,  ३ को क र १० को माओवादी केन्द्रको भागमा परेको छ ।

गठबन्धनको प्रमुख घटक एमालेले काठमाडौँ क्षेत्र नम्बर ९ बाहेक अन्यत्र प्रतिनिधिसभा सदस्यको उमेदवारी टुंग्याएको छ ।

Global Ime bank

जसमा प्रदेश नम्बर १ मा एमाले केन्द्रीय सदस्य सावित्रा भुषाल उठ्ने छिन् भने दुई नम्बरमा वरिष्ठ नेता माधवकुमार नेपाल उठ्ने छन् । ३ मा काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राई उठ्ने पक्कापक्की भएको छ । केन्द्रीय सदस्य राजन भट्टराईले ४ नम्बर क्षेत्रमा कांग्रेसका गगन थापासँग प्रतिष्पर्धा गर्नेछन् भने  ५ मा महासचिव ईश्वर पोखरेल उठ्ने तयारी छ ।

७ नम्बरमा निवर्तमान सभासद रामवीर मानन्धरको चर्चा छ भने ९ नम्बरमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठको उमेदवार बन्ने भन्ने टुंगो लागेकोे छैन ।

यता माओवादी केन्द्रकी प्रवक्ताले भने काठमाडौँमा उमेदवार टुंगो लागिनसकेको बताइन् । क्षेत्र बाँडफाँट सकिएपछि पार्टीले पत्रकार सम्मेलन गरेर उमेदवार टुंग्याउने उनको भनाइ थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC