site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बिजुक्छेको क्षेत्रमा किन पछि हट्यो कम्युनिष्ट गठबन्धन ? तीन ठूला पार्टीभन्दा नेमकिपा एक्लै अगाडि
Sarbottam CementSarbottam Cement

काठमाडौं । भक्तपुरका सदाबहार नेता नारायणमान बिजुक्छे र उनको नेपाल मजदूर किसान पार्टीसँग तालमेल गर्न एमाले–माओवादी गठबन्धन र नेपाली कांग्रेसले प्रयास गरे । तर, आफ्नो अडानमा २० को १९ नहुने बिजुक्छे र उनका सारथीलाई कसैले गलाउन सकेनन् ।

दुवैपक्ष बिजुक्छेलाई एउटा क्षेत्र दिन र अर्को क्षेत्रमा आफूहरूलाई सघाउन उनीहरूको प्रयास थियो । प्रयास सफल नभएपछि अन्ततः कम्युनिष्ट गठबन्धनले क्षेत्र नं १ मा निःशर्त बिजुक्छेलाई सघाउने भएको हो ।

यद्यपी मजदूर किसान पार्टीका नेता प्रेम सुवालले यसबारे आफूहरूलाई जानकारी नभएको प्रतिकृया दिए । यदी गठबन्धनले सहयोग गर्ने निर्णय गरेको भए के गर्ने भन्ने टुंग्गो लाग्ने जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामी अझै समानुपातिक सूचीलाई अन्तिम रुप दिन व्यस्त छौं । दुई क्षेत्र कै प्रत्यक्ष उमेदवार टुंग्गिएको छैन,” आइतबार बेलुका बाह्रखरीसँग कुरा गर्दै उनले भने ।
भक्तपुर क्षेत्र नं १ मा भने सो पार्टीका अध्यक्ष बिजुक्छे नै उमेदवार बन्ने निश्चित भैसकेको छ ।

बहुदलपछि भएका सबै निर्वाचनमा विजयी हुँदै आएका उनलाई यो चुनावमा पनि गठबन्धन वा कांग्रेसले रोक्न सक्ने देखिँदैन । 

Global Ime bank

विगततर्फ फर्केर हेर्दा 

भक्तपुर जिल्लाभर नै उक्त पार्टीको वर्चश्व रहँदै आएको छ । २०४८ देखि नै २ क्षेत्र रहँदै आएको भक्तपुरमा १ बाट बिजुक्छे भारी मतले विजयी हुँदै आएका छन् । विगत २७ वर्षदेखि एकछत्र जमाउँदै आएका उनलाई यसपटक पनि हल्लाउन नसक्ने विश्लेषण गर्दै कम्युनिष्ट गठबन्धन उनीसँग घुस्रिन पुगेको देखिन्छ ।

स्थानीय तह निर्वाचन नतिजा 
 

भक्तपुरको क्षेत्र नं १ मा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका पर्दछन् । यो क्षेत्रमा मजदूर किसान पार्टीलाई उछिन्न तीन ठूला पार्टीकै मत जोड्नुपर्ने हुन्छ ।  

यो क्षेत्रको रहेको भक्तपुर नगरपालिकाका क्लिनस्वीप गरेको र चाँगुनारायणको एक वडा जितेको नेपाल मजदुर किसान पार्टीको पक्षमा २९ हजार २०२ मत प्राप्त गरेको छ । त्यस्तै, चाँगुनारायण नगरपालिकाको मेयर र उपमेयरसहित ४ वडा जितेको एमालेले १३ हजार एक मत, कांग्रेसले पनि चाँगुनारायण नगरपालिकाका ४ वडा जित्दै १४ हजार ३३७ मत ल्याएको छ ।

त्यस्तै कुनै वडा जित्न नसकेको माओवादी केन्द्रले यो क्षेत्रमा ३ हजार ८४७ मत ल्याएको छ । त्यस्तै कांग्रेससँग तालमेल गरेको राप्रपाको पक्षमा ४ हजार ३६४ मत रहेको छ । 

यसको अर्थ बिजुक्छेलाई कम्युनिष्ट गठबन्धन, लोकतान्त्रिक गठबन्धनले हल्लाउन सक्दैनन् । जसले गर्दा उनी कुनै पार्टीसँग तालमेल गर्ने पक्षमा छैनन् ।
यद्यपी आफूहरुले कुनै सम्झौता नगरेको मजदूर किसान पार्टीका सुवालले दाबी गरे । “अहिलेसम्म यसबारे हामीलाई जानकारी छैन । यदी त्यस्तो जानकारी आयो भने पार्टीले बैठक बसेर आवश्यक निर्णय लिन्छ,” उनले भने ।

यता एमाले बैकल्पिक केन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले गठबन्धनबाट आधिकारिक जानकारी नआएको बताए ।
भक्तपुरका प्रतिनिधिसभाका दुबै क्षेत्र एमालेको भागमा परेको थियो भने प्रदेशसभाका २ (ख) माओवादीले र प्रदेशका ३ क्षेत्र पनि एमालेले लिने सहमति भइसकेको छ । 
मिश्रले जिल्लाबाट सबै उमेदवार सर्वसम्मत रुपमा सिफारिस गरेका गरिएको जानकारी दिए । जसमा प्रतिनिधिसभातर्फ क्षेत्र नं १ बाट प्रेमकुमार श्रेष्ठ, क्षेत्र २ बाट महेश बस्नेतलाई सिफारिस गरेको छ । 

त्यस्तै, क्षेत्र १(क) बाट हरिशरण लामिछाने, १(ख) बाट रामेन शिलाकार, २(क) बाट राजेन्द्र राजथला र २(ख) बाट बजन देउजालाई सिफारिस गरेको थियो । क्षेत्र २(ख) माओवदीको भागमा परेकाले देउजा पछाडि हट्ने छन् ।

कम्युनिष्ट गठबन्धनले बिजुक्छेलाई निःशर्त समर्थन गरेर क्षेत्र १ (क) वा दुई नम्बर क्षेत्रमा उनको पार्टीको समर्थन पाउने अपेक्षा गरेको देखिन्छ । तर, त्यसको पछाडिको भित्री कारणमा कम्युनिष्टको बहुमत ल्याएर सरकार बनाउने सपना बोकेका उनीहरूले सरकार गठनका बेला बिजुक्छेको साथ पाउने आशा पालेका हुन सक्छन् ।  
यता कांग्रेसका उमेदवार भने भक्तपुरका कुनै पनि क्षेत्रमा आइतबारसम्म टुंगिन सकेको छैन ।   क्षेत्र नं २ बाट २०४८, २०५४ र २०७० मा भने कांग्रेस उमेदवार विजयी भएका थिए ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC