site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नयाँ शक्ति धादिङका उमेदवार भन्छन्- धादिङका मतदाताले युवा नेतृत्वलाई रोज्छन्
Ghorahi CementGhorahi Cement

काठमाडौं । आगामी मंसिर १० गते हुने प्रदेसभा र प्रनिनिधिसभा निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल, धादिङका उमेदवारहरुले धादिङका मतदाताहरुले सक्षम र युवा नेतृत्व रोज्ने बताएका छन् ।
प्रतिनिधिसभा निर्वाचनको लागि क्षेत्र नम्बर १ बाट उमेदवारी दिएका राजु नेपालले धादिङका मतदाताहरुले नेपाली राजनीतिमा युवा नेतृत्व खोजेको भन्दै आफूले चुनाव जित्ने दावी गरे । उनले भने, ''नेपाली राजनीतिले अहिले युवा नेतृत्व खोजेको छ, पार्टीसँग कुनै सरोकार छैन । धादिङका मतदाताले यसपालि युवा नेतृत्वलाई नै चयन गर्छन ।''

उनले अहिले रहेका पुरा राजनीतिक दलहरुले पैसाको बलले चुनाव जितेको आरोप पनि लगाए । उनले अगाडि भने, ''पुराना राजनीतिक पार्टीहरुले पैसा र गुण्डागर्तीमा चुनाव जितेका छन्, पैसा र गुण्डागर्तीबाट चयन भएको व्यक्तिले देशको विकास गर्ने सक्दैन, निर्वाचन भनेको स्वाच्छ प्रतिस्पर्धा हुनुपर्छ । मैले कालो चियाको भरमा चुनाव सक्ने योजना बनाएको छु ।''

Agni Group

''मेरो जित्ने आधार भनेकै आर्थिक विकास र समृद्धिको सपना हो, ''नेपालले भने, ''ठेकेदार र तस्करहरु जनताको प्रतिनिधि हुन सक्दैनन, जनताका एजेन्डा बोक्ने मात्र प्रतिनिधि हुन्छन् । २० वर्षदेखि म जनताको दु:ख सुखमा साथ दिँदै आएको छु, म आर्थिक र नैतिक हिसावले भष्ट्र भएको छैन, त्यसकारण मैले इमानदारीता पूर्वक मैले राजनीति गरेको छु, जनताले मलाई जिताउँछन् ।''
त्यस्तैगरी  क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभाको लागि प्रत्यक्ष तर्फबाट उमेदवारी विष्णुप्रसाद सापकोटाले पनि आफू जिल्लामा तीन दशकदेखि सिँचाइलगायत विकास निर्माणको काममा अग्रसर रहेका भन्दै  चुनाव जित्ने विश्वास व्यक्त गरे । उनले भने, ''म तीनदशकदेखि धादिङमा सिँचाइलगायतका विकास निर्माणको काममा अग्रसर छु, धादिङका मतदाताहरुले मलाई नै रोज्छन्, हाम्रो पार्टी नयाँ भएर के भयो मतदाताहरु अहिले धेरै चलाख भइसके सक्षम र योग्य व्यक्तिलाई नै रोज्छन् ।''

क्षेत्र नम्बर १ बाट प्रदेशसभा (क) को उमेदवारी दिएका नकुल थापाले भने चुनाव जित्नेमा आफू विश्वस्त नरहेको बताए । उनले भने, ''चुनाव जित्नेमा म विश्वस्त छैन, हामी चुनाव चिन्ह र वाम गठबन्धनले गर्दा हामी मतदाता सामु नयाँ छौं अहिले नै चुनाव जित्ने आधार छैन । हामीले चुनाव चिन्ह समयमा नै पाउन सकेनौं त्यसकारण मतदाताले हाम्रो चुनाव चिन्ह नै चिनिसकेका छैनन् । मैले आगामी निर्वाचनको लागि संगठन विस्तार होस् भन्ने उद्देश्यले उमेदवारी दिएको हु, मत आए पनि हाम्रो सम्मान हुन्छ ।''

Global Ime bank

यसअघि धादिङमा नयाँ शक्तिबाट उमेदवारी दिएका क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका उमेदवार डा. राजेन्द्र केसी र प्रदेशसभा (क) मा उमेदवारी दिएका नन्दप्रसाद काप्रीले काँग्रेसलाई चुनाव जिताउने उद्देश्यसहित उमेदवारी फिर्ता लिएका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०७४  २०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC