site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसले थप उमेदवारको टुंगो लगायो 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि थप आठ जना उमेदवारको टुंगो लगाएको छ । कांग्रेस संसदीय समितिको बैठकले आइतबारसम्म प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चुनाव लड्ने कुल ३० जना नेताको उमेदवारी टुंग्याएको कांग्रेस निर्वाचन प्रचार–प्रसार समिति संयोजक बालकृष्ण खाँणले जानकारी दिए । 

उनका अनुसार संसदीय समितिले इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट केशव थापा, सिन्धुली–१ बाट प्रेमचन्द्र दाहाल, सिन्धुली–२ बाट नरेन्द्रजंग थापा, काभ्रेपलाञ्चोक–१ बाट तीर्थ लामालाई टिकट दिने निर्णय गरेको छ । यस्तै सुर्खेत–२ बाट हितराम थानी, प्युठानबाट गोविन्द पोखरेल, सल्यानबाट राजेन्द्रबहादुर थापा र डोटीबाट बीरबहादुर बलायरले प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन लड्ने निर्णय गरेको संयोजक खाँणले बताए ।   

Agni Group

यसअघि गत बिहीबार बसेको कांग्रेस संसदीय समितिको बैठकले शीर्षसहित २२ जना नेताको उमेदवारी तय गरेको थियो । बैठकले सभापति शेरबहादुर देउवा डडेल्धुराबाट, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट, महामन्त्री डा. शशांक कोइराला नवरपुर–१ बाट, प्रकाशमान सिँह काठमाडौं–१ बाट, गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट र विमलेन्द्र निधि धनुषा–३ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने तय गरेको हो । 

यस्तै विजयकुमार गच्छदार सुनसरी–३, पूर्णबहादुर खड्का सुर्खेत–१, महेश आचार्य मोरङ–४, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४, रमेश रिजाल पर्सा–४, डा. नारायण खड्का उदयपुर–१, डा. मिनेन्द्र रिजाल मोरङ–२, डा. प्रकाशशरण महत काठमाडौं–५, फरमुल्लाह मन्सुर बारा–३, एनपी साउद कञ्चनपुर–२, अर्जुनप्रसाद जोशी पर्वत–१, डा. शेखर कोइराला मोरङ–६, नविन्द्रराज जोशी काठमाडौं–८, गगनकुमार थापा काठमाडौं–४, रमेश लेखक कञ्चनपुर–३ र नारायणबहादुर कार्की उदयपुर–२ बाट प्रतिनिधि सभाका लागि चुनाव लड्ने कांग्रेसले जनाएको छ । 

Global Ime bank

कांग्रेस निर्वाचन प्रचार–प्रसार समिति संयोजक खाँणले आइतबार बसेको बैठकले समानुपातिकतर्फका उमेदवारको बन्दसूची संशोधन गरेको जानकारी दिए । ‘‘आज बसेको बैठकले समानुपातिक तर्फको बन्दसूची सच्याएको छ,’’ उनले भने, ‘‘भोली (सोमबार) देखि बाँकी रहेका निर्वाचन क्षेत्रका लागि उमेदवार टुंगो लगाउने काम हुन्छ ।’’ 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०७४  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC