site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कञ्चनपुर । आगामी मंसिरमा हुन गइरहेको दोस्रो चरण अन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सत्तारुढ नेपाली कांग्रेसले निर्वाचन गतिविधि अघि बढाएको छ । 

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभाको उम्मेदवारमा केन्द्रीय सदस्य एनपी साउद र निर्वाचन क्षेत्र नं ३ मा अर्का केन्द्रीय सदस्य रमेश लेखकलाई उम्मेदवार बनाएसँगै कांग्रेसले जिल्लामा चुनावी प्रचार–प्रसारलाई अघि बढाएको हो । प्रदेश नं ७ सँगै राष्ट्रिय राजनीतिमा राम्रो पहिचान बनाएका नेताद्वय साउद र लेखकले उम्मेदवारको टुंगो लाग्नुअघि देखि नै आ–आफ्नो निर्वाचन क्षेत्रमा दौडधूप सुरु गरिसकेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जिल्लाका तीन वटै निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रचारप्रसारको जिम्मेवारी बाँडफाँड गरेर जिल्ला सदस्यलाई खटाइसकेको जानकारी दिए । त्यसका साथै भ्रातृ संगठन परिचालनका लागिसमेत कांग्रेसले नेतालाई जिम्मेवारी दिइसकेको छ । 

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा कञ्चनपुरका चार वटै निर्वाचन क्षेत्रमा कांग्रेसले जितेको थियो । अघिल्लो पटकको जित परिणामलाई कायम राख्न कांग्रेस नेता सक्रिय भएर लागेका छन् । 

Global Ime bank

त्यसैगरी, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित कम्युनिष्ट गठबन्धन भने कञ्चनपुरको निर्वाचन क्षेत्र बाँडफाँड कै विषयमा छलफलमा अल्झिएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ लाई एमाले र माओवादीले आ–आफ्नो दाबी गर्दै छाड्न नचाहेकाले जिल्लामा उम्मेदवार टुंग्याउन ढिलाइ भएको हो । एमालेका उपसचिव रणबहादुर महराले कञ्चनपुरका तीन मध्ये दुईवटा निर्वाचन क्षेत्र एमाले र एउटा निर्वाचन क्षेत्र माओवादीलाई दिने शीर्ष तहमा सहमति भइसकेको जानकारी दिए ।  

‘‘निर्वाचन क्षेत्र नं १ माओवादीलाई दिने भन्ने भएको छ,’’ एमाले उपसचिव महराले भने, ‘‘निर्वाचन क्षेत्र नं २ र ३ एमालेको भागमा परेको छ ।’’ उनका अनुसार निर्वाचन क्षेत्र टुंगो लागे पनि उम्मेवारको टुंगो लाग्न सकेको छैन । 

त्यस्तै माओवादी केन्द्रका जिल्ला संयोजक वीरबहादुर थापाले निर्वाचन क्षेत्र नं १ माओवादीको भागमा परेको आधिकारिक घोषणा नभएको बताएका छन् । ‘‘हामी आधिकारिक घोषणाको पर्खाइमा छौं,’’ संयोजक थापाले भने । निर्वाचन क्षेत्र नं १ माओवादीको भागमा परे माओवादीबाट नेतृ बिना मगर उम्मेदवार बन्ने प्रवल सम्भावना रहेको माओवादी स्रोतले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०७४  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC