site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाँडफाटमा गठबन्धलाई सकस, एमालेले टुंग्यायो यी क्षेत्रमा उमेदवार
Sarbottam CementSarbottam Cement

काठमाडौं । वामगठबन्धनको प्रमुख घटक नेकपा एमाले स्थायी कमिटी बैठक पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैँसीपाटीमा बसिरहेको छ । निरन्तर बैठक बसेको भए पनि उमेदवार टुंग्याउन सकेको छैन ।

निर्वाचन क्षेत्र कार्यदलले मोटामोटी भागवन्डा तय गरेको भए पनि एमालेलाई आन्तरिक उमेदवारी टुंग्याउनै सकस परेको हो ।

उमेदवारी दर्ता गर्न ४ दिन बाँकी रहँदा एमाले आधा क्षेत्रमा पनि उमेदवारी छिनोफानो गर्न सकेको छैन । तल्लो कमिटीबाट सर्वसम्मतिमा सिफारिस भएर आएकासहित करिब ४० क्षेत्रमा उमेदवारी टुग्याएको एमालेले जानकारी दिएको छ । बाँकी आइतबार बेलुकीसम्म टुंगो लाग्ने नेताहरूले जानकारी दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन क्षेत्र बाँडफाँटमै सकस
तीनदिनभित्र निर्वाचन क्षेत्र बाँडफाँट गर्ने गरी कार्यदल बनाएको भए पनि गठबन्धनले क्षेत्र टुंग्याउन सकेको छैन । मंसिर १० गते सम्पन्न हुने पहिलो चरणको निर्वाचनको लागि प्रतिनिधिसभा तर्फ एमालेले २१ र माओवादी केन्द्रले १६ सिट भागवन्डामा मिलाएको थियो । दोस्रो चरणमा भने दोस्रो चरणको निर्वाचनमा एमालेलाई ७५ र माओवादी केन्द्रलाई ५०को हाराहारीमा बाँडफाँट गर्ने प्रारम्भिक सहमति जुटेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

माओवादी केन्द्रका नेता मातृका यादवले शनिबारको बैठकले अधिकांश ठाउँहरुमा उमेदवारी टुङ्याएको र बाँकी ठाउँहरुमा आजसम्म टुङ्गो लाग्ने दाबी गरे । “एमाले र माओवादीका शीर्ष नेताहरुले हिजो प्रतिनिधिसभातर्फ ४७ जिल्लाका १ सय २७ सिट र प्रदेशसभातर्फ २ सय ५६ सिट बाँफाड टुङ्गाइसकिएको छ,” उनले बाह्रखरीसँग भने ।  बाँकी ठाउँहरुमा शीर्ष तहबाटै टुंगो लाग्ने उनको भनाइ थियो । उनले एमाले र माओवादीबीचको उमेदवारी विवादित ठाउँहरुमा पनि शीर्ष नेताहरु बसेर मिलाउने जानकारी दिए ।

Global Ime bank

यसअघि दुवै दलले एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० सिट बाँडफाँट गर्ने निर्णय गरेका थिए ।

एमालेले टुंग्याएका उमेदवार

उमेदवारको नामथर    निवार्चन क्षेत्र
तेजमान कन्दङ्वा    तेह्रथुम    
झलनाथ खनाल    इलाम    १
सुवास नेम्वाङ    इलाम    २
केपी शर्मा ओली    झापा    ५
एलपी साँवा    झापा    ४
भानुभक्त ढकाल    मोरङ    ३
ऋषिकेश पोखरेल    मोरङ    २
लालबाबु पण्डित    मोरङ    ६
राजेन्द्र राई    धनकुटा    
मन्जु चौधरी    उदयपुर    १
जगन्नाथ खतिवडा     उदयपुर    २
गोकुल बास्कोटा    काभ्रे    २
महेश बस्नेत    भक्तपुर    २
माधवकुमार नेपाल    काठमाडौं २
कृष्ण राई    काठमाडौं     ३
राजन भट्टराई    काठमाडौं ४
ईश्वर पोखरेल    काठमाडौं ५
रामवीर मानन्धर    काठमाडौं ७
नवराज सिलवाल    ललितपुर    १
सुरेन्द्र पाण्डे    चितवन    १
कृष्णलाल महर्जन    ललितपुर     २
कृष्णभक्त पोखरेल     चितवन    २
किसान श्रेष्ठ    तनहुँ    १
केदार सिग्देल     तनहुँ     २
खगराज अधिकारी    कास्की    १
रवीन्द्र अधिकारी    कास्की     २
पदमा अर्याल     स्याङ्जा     २
तिलक महत    नवलपुर    २
हृदयेश त्रिपाठी    परासी    १
बिष्णु पौडेल    रुपन्देही    २
बृजेशकुमार गुप्ता    कपिलवस्तु    २
दलवहादुर राना    पाल्पा     १
प्रदीप ज्ञवाली    गुल्मी     १
गोकर्ण विष्ट    गुल्मी     २
मेटमणि चौधरी    दाङ    १
पशुपतिदयाल मिश्र      बाँके     २
बामदेव गौतम     बर्दिया    १
धु्रवकुमार शाही     सुर्खेत     १
भीम रावल     अछाम     १
गरिमा शाह     कैलाली     १
झपट रावल     कैलाली    २
नारदमुनि राना      कैलाली    ५
प्रेम आले मगर     डोटी


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०७४  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC