site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका नेता, कार्यकर्ताहरुले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको टिकट वितरण गर्दा पार्टीमा योगदान दिएकाहरुलाई नभुल्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन । 

आइतबार बिहानै पार्टी अध्यक्ष केपी ओलीको निवास पुगेका एमाले केन्द्रीय सदस्य निवर्तमान सांसद मोहन बानियाँले टिकट वितरण गर्दा पार्टीमा योगदान दिएकाहरुलाई नभुल्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले पार्टीका पुराना र पाका नेताहरुलाई टिकट वितरण गरेर जान आफूले सुझाव दिएको पनि स्पष्ट पारे । निवर्तमान सांसद बानियाँ प्रतिनिधि सभा निर्वाचनमा उमेदवारका आकांक्षी हुन् ।

पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता महेश बस्नेतले टिकट वितरणका विषयमा सुझाव दिइएको बताए । उनले काठमाडौं उपत्यका भित्र टिकट वितरणको विषयमा पार्टी र व्यक्तिमाथि अन्याय गर्न नहुने स्पष्ट पारे ।

Global Ime bank

एमाले धनुषा क्षेत्र नम्बर ४ का प्रदेश सभा निर्वाचनका उमेदवारका आकांक्षी सितल साहले पार्टीको जित सुनिश्चित हुने गरी उमेदवारी तय गर्न पार्टी अध्यक्ष ओलीलाई सुझाव दिइएको बताए ।

त्यसैगरी धनुषाकै एमाले नेता गुरुदेव यादवले पार्टीलाई चुनावमा जिताउने गरी उम्मेदवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरिएको बताए । कतिपय एमाले नेताहरुले भने कार्यव्यस्तताका कारण अध्यक्ष ओलीसँग भेट गर्न नसकिएको गुनासो पनि गरेका छन । एमाले पार्टी स्कुल विभागका सदस्य समेत रहेका बाजुराका दयालबहादुर शाहीले आफू प्रदेश सभाको उमेदवारको आकांक्षी भए पनि पार्टी अध्यक्ष ओलीको कार्यव्यस्तताका कारण भेट हुन नसकेको गुनासो गरे ।

एमालेका नेता, कार्यकर्ताहरुले माओवादी केन्द्रलाई हैसियतभन्दा बढि सिट दिएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन । उनीहरुले सबै जिल्लामा माओवादी केन्द्रलाई ४० प्रतिशत दिनैपर्ने अवस्था नरहेको रिर्पोटिङ पनि पार्टी नेतृत्वलाई गर्दै आएका छन । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०७४  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC