site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चितवनमा प्रचण्ड कति सुरक्षित ? बाँदरमुढे घटना र लोकतान्त्रिक मत मुख्य चुनौती
Sarbottam CementSarbottam Cement

स्थानीय तहको निर्वाचनमा भरतपुरमा मतदान गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । 


चितवन । स्थानीय तहको निर्वाचनमा चर्चित बनेको चितवको भरतपुर महानगरपालिका यसपालीको प्रतिनिधिसभा निर्वाचनमा पनि उत्तिकै चर्चित बन्दैछ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाबु–छोरीको राजनीतिका कारण भरतपुरले चर्चा पाएको हो । पहिले कांग्रेस गठजोडमा छोरी थिईन् । अहिले एमाले गठजोडमा बाबु आईपुगेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

के छोरी रेणुलाई जस्तै प्रचण्डलाई चुनौती छ ? कि उनी जित्ने निश्चित छन् । आम कौतुहलताको विषय बनेको छ । मुख्यतयाः भरतपुर महानगरका २९ वडामध्ये अधिकाँश वडा (१९ वडा) चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा परेको छ । यसमा माडी नगरपालिका पनि जोडिएको छ । त्यसैले चर्चा पाउनु स्वभाविकै हो ।

निर्वाचनको उमेदवारी दिने समय नजिकिँदै गर्दा स्थानीय तहको निर्वाचनको भरतपुर महानगरको चुनावी मत परिणामबारे बहस र विश्लेषण हुन थालेको छ ।  माओवादीको एकल मत तेस्रो दल मै सीमित छ । जित्न कुनै न कुनै दलसँग तालमेल आवश्यक थियो । त्यही प्रोपोगाण्डा प्रचण्डले विगतमा पनि अपनाए र अहिले पनि अपनाए ।  

Global Ime bank

यहाँपनि विगतको चुनावी परिणामको आधारमा मतको लेखाजोखा गरिएको छ । स्थानीय तहको निर्वाचमा छोरी (प्रचण्ड पुत्री) रेणु दाहाल कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट महानगर प्रमुखको उमेदवार बनेकी थिइन् ।

कतिपयले यसलाई अपवित्र गठबन्धन भनेर व्याख्या गरेका थिए । एमालेले सत्तोसराप नै गर्यो । कांग्रेसका उमेदवार दिनेश कोइरालालाई सभापति शेरबहादुर देउवा कै हस्तक्षेपमा उमेदवारी फिर्ता गराएर त्यो गठबन्धन तयार भएको थियो ।

कार्यकर्ताहरुले नरुचाएका कारण कांग्रेसको भोट ६० प्रतिशत हाराहारीमा मात्रै रेणु दाहाललाई परेको थियो । मतगणनामा मतपत्र च्यातिएपछि भएको विवाद सर्वाेच्चसम्म पुग्यो । पुनः निर्वाचन नभएको भए २ सयदेखि ३ सयको मतअन्तरले देवी ज्ञवालीले जित्ने देखिएको थियो । 

निर्वाचन आयोगको निर्णय अनुसार सर्वाेच्चले फैसला गर्दा भरतपुर १९ मा पुनः मतदान हुन पुग्यो । जसको परिणाम एमालेका उमेदवार देवी ज्ञवाली झिनोमतले पराजित भएका थिए । 

उक्त चुनावमा सबैभन्दा ठुलो पीडा बेहोरेका थिए देवी ज्ञवालीले । अहिले नेकपा (एमाले) र माओवादी केन्द्रको वाम गठबन्धन भएपछि चितवनको क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उमेदवारी दिने लगभग निश्चित जस्तै छ ।

त्यो बेला सबैभन्दा बढी पीडा बेहोरेका ज्ञवाली अहिले सबैभन्दा अगाडी पुगेर प्रचण्डसँग तस्बिर खिचाउनेमा परेका छन् । अनि चुनावी प्रचार अभियानमा लाग्ने उनले उद्घोष पनि गरिसकेका छन् । विभिन्न आरोप प्रत्यारोपको उनले फेसबुकबाटै खण्डन समेत गर्नुपर्यो ।

स्थानीयतहमा जस्तै होला भनेर एमालेले सो क्षेत्रमा ‘व्याक’ गर्न मिल्ने खालका सामान्य नेताहरुको नाम सिफारिस गरेर पठाएको छ । कांग्रेससँगको गठबन्धन तोडेर अप्रत्याशित रुपमा पार्टी एकिकरणको उद्घोष गर्दै वाम गठबन्धनमा लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उमेदवारी दिएभने उनको परीक्षा मंसिर २१ गते हुनेछ ।

प्रचण्ड उठ्ने चितवन क्षेत्र नम्बर ३ मा यस्तो छ मत परिणाम 

विगतमा भएको पाँच निर्वाचन क्षेत्रलाई घटाएर चितवनमा तीन निर्वाचन क्षेत्र कायम गरिएको छ । क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाको १९ वडा र माडी नगरपालिका परेको छ । स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरमा कांग्रेस–माओवादी गठबन्धन थियो । त्यसैले प्रमुख पदका उमेदवारले ल्याएको मतले विष्लेषण गर्न गाह«ो छ ।

हरेक पार्टीले वडाध्यक्ष भने आ–आफ्नै तरिकाले उमेदवार बनाएका थिए । त्यसैले यहाँ वडाध्यक्षले ल्याएको मतको आधारमा विष्लेषण गरिएको छ । 
उक्त मतपरिणाम अनुसार वाम गठबन्धन ७ हजार ३६५ मतले अगाडी देखिन्छ । यद्यपि यही मत कायम राख्नका लागि पनि गठबन्धन सामु निकै चुनौती छ ।

भरतपुर महानगरको १९ वडामा नेपाली कांग्रेसले २३ हजार ४८७ मत ल्यायो । माडी नगरपालिकामा कांग्रेसले ल्याएको ३ हजार ४३६ मत जोड्दा कांग्रेसको मत २६ हजार ९२३ हुन जान्छ । राप्रपाले ल्याएको ८ हजार ३१० मत जोड्दा कांग्रेस रराप्रपाको संयुक्त मत ३५ हजार २३३ हुन्छ ।

यता भरतपुर महानगरको १९ वटा वडामा नेकपा एमालेले २० हजार २५६ मत प्राप्त गरेको छ । उसले माडी नगरपालिकामा प्राप्त गरेको मत ४ हजार २३८ हो । यो दुई क्षेत्रको मत जोड्दा एमालेले कुल २४ हजार ५९८ मत प्राप्त गरेको छ । 

माओवादी केन्द्रले भरतपुर महानगरको १९ वटा वडामा १४ हजार ३३८ मत ल्याएको छ । माडी नगरपालिकामा माओवादीको मत ३ हजार ७६६ हो । यो दुई ठाउँको मत जोड्दा माओवादी केन्द्रको कुल मत १८ हजार १०४ हुन आउँछ । 

यसरी माओवादी र एमालेले पाएको मत जोड्दा बाम गठबन्धनको कुल मत ४२ हजार ५९८ पुग्छ । यसमा कांग्रेस राप्रपाले पाएको संयुक्त मत ३५ हजार २३३ घटाउँदा वाम गठबन्धनको पक्षमा ७ हजार ३६५ मत बढी छ ।  

यसपटक जिल्लामा कुल ४१ हजार मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनका बेला असन्तुष्ट कांग्रेसको मत रुखमा र दुबै चिन्हमा परेको थियो । त्यो मत काँग्रेसको पक्षमा अहिले केही थपिन सक्छ ।

चितवनको सात स्थानीय निकायको तुलना गर्दा भरतपुर महानगरको १९ वडा र माडीमा गरेर नयाँ मतदाता पनि थपिएका छन् । त्यो मत मिश्रित रहेको देखिन्छ । यसरी हेर्दा स्थानीय निर्वाचनको मताधारमा हेर्दा गठबन्धन अगाडी देखिएको छ । 

\"\"

यस्तो थियो प्रचण्डको तयारी 

गएको भदौ र असोज मै पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आएर पटकपटक आफु चितवनबाटै उठ्ने भनेर घोषणा गरेका थिए । उनले स्थानीय तहको निर्वाचन हुन अघि नै चितवन क्षेत्र नम्बर तीनलाई ताकेका घटनाक्रमले देखाउँछ ।

त्यतिबेलै करोडौंको प्याकेज कार्यक्रम ल्याएका उनले अधिकांश बजेट यही क्षेत्रमा पारेकाले पनि अनुमान लगाउन सहज थियो । 

अहिले निर्माणका कामहरु धमाधम भैरहेका छन् । प्रचण्डको गाउँ पनि तीन नम्बर क्षेत्र मै पर्छ । 
माओवादीको स्पष्ट बहुमत क्षेत्र भनेको चितवनको पटिहानी र जगतपुर हो । क्षेत्र नम्बर तीनको माडी नगरपालिकामा झिनो मतले माओवादी केन्द्रले जितेको भए पनि कांग्रेस, माओवादी र राप्रपाको मत उस्तै उस्तै छ । भरतपुर महानगरपालिकाको तीन वटा वडा मात्रै माओवादीले जितेको छ । तीनै वटा वडा अहिले प्रचण्ड उठ्ने क्षेत्र नम्बर ३ मा पर्छ ।

वडा नम्बर १३, २५ र २६ मा माओवादीले वडाध्यक्ष जितेको छ । २६ वडामा शुरुमा एमालेसँगको तालमेल थियो । पछि काँग्रेसँगको गठबन्धनले एमालेसँगको तालमेल तोडेर कांग्रेस वडाध्यक्षलाई समर्थन गर्दै आफ्ना उमेदवारलाई कारवाहीको चेतावनी माओवादीले दिए पनि उमेदवारले जितेरै छाडे । 

प्रचण्ड सामु यस्ता छन् चुनौती

वाम गठबन्धनको पक्षमा सात हजार बढी मत देखिँदा के अब प्रचण्ड सुरक्षित छन् त ? यो प्रश्न सबैका सामु आउन सक्छ । केन्द्रिय नेता भएका र एउटा पार्टीको अध्यक्ष रहेका प्रचण्ड जित्लान् की हार्लान् भन्ने आम प्रश्न स्वभाविक नै हो । तर उनका लागि चुनौतीका चाङ यथावत छ । उनले ति चाङ पन्छाउन सर्वप्रथम चितवनको क्षेत्र नम्बर २ मा एमालेलाई छाड्न सक्नुपर्छ । अथवा उमेदवारीमा सहज मिलान गराउन सक्नुपर्छ ।

सो क्षेत्रको प्रतिनिधिसभा निर्वाचनमा एमालेका हालका सांसद (साविक क्षेत्र नम्बर ३ का विजयी) कृष्णभक्त पोखरेललाई एमालेले सर्वसम्मत रुपमा उमेदवार सिफारिस गरेर पठाएको छ । 

सोही क्षेत्रमा माओवादी केन्द्रले विगतको संविधानसभामा विजयी बनेका रामबहादुर थापा, बादललाई उठाउन जोडतोड गरिरहेको छ । सोही विवादका कारण आजसम्मै उमेदवारको टुंगो लगाउन गठबन्धनलाई सकस परिरहेको छ । पछिल्लो चरणमा पोखरेललाई प्रदेशमा दिएर बादललाई प्रतिनिधिसभामा दिने भन्ने चर्चा पनि छ । 

तर यो क्षेत्र मिलाउन सकेनन् भने प्रचण्डलाई सकस पर्ने देखिन्छ । हुन त चितवनको साविक क्षेत्र नम्बर ४ (हाल क्षेत्र नम्बर ३ मा पर्छ) नेपाली कांग्रेसको पकड क्षेत्र मानिन्छ । तत्कालीन अवस्थामा सुरक्षित स्थान भएकाले सुशील कोईरालालाई उठाएर कांग्रेसले सहज रुपमा जितेको थियो ।

स्थानीय तहको निर्वाचनमा कांग्रेस कार्यकर्ता भड्किए झैँ एमाले कार्यकर्ता अहिले पनि भड्किएभने पनि उनका सामु ठुलै चुनौती पर्न जान्छ । बाहिर देवी ज्ञवालीले खुला समर्थन गरे पनि तल्लो स्तरमा संघर्ष गरेका कार्यकर्ताहरु सन्तुष्ट देखिएका छैनन् ।
कांग्रेसले पनि सो क्षेत्रमा उमेदवार तय गरिनसकेका कारणले उमदेवारले कति मत काट्न सक्छ भन्ने कुरामा निर्भर गर्छ ।

अर्का महत्वपूर्ण चुनौती भनेको राप्रपा प्रजातान्त्रिकका नेता तथा हालका वनमन्त्री विक्रम पाण्डे खडा छन् । कांग्रेसँगको तालमेलमा उनले क्षेत्र नम्बर तीनमा उमेदवारी दिने चर्चा व्यापक छ ।

उनले हलो चिन्ह लिए रै मैदानमा आए पनि प्रचण्डको चुनौती अरु काँग्रेस कै उम्मेदवार झैं बलिया पाण्डे देखिन्छन् । विगतको चितवनको क्षेत्र नम्बर पाँचबाट जितेका पाण्डे हालको क्षेत्र नम्बर ३ मा पनि बलियो पकड राख्ने व्यक्ति हुन् । उनलाई काँग्रेसको मत सहज रुपमा जानेछ भने आफ्नो मत सुरक्षित गर्न सक्ने केही क्षमता पाण्डेसँग छ ।  

अर्काे चुनौती बाँदरमुढे घटना हो । यद्यपी बाँदरमुढे घटनाको विषयमा उनले पटकपटक माफि पनि मागेका छन् । तर राहत प्याकेजमा माओवादीले अहिलेसम्म कुनै काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सो घटनाकै कारण माडीका स्थानीयहरु भड्किन सक्ने देखिन्छ । माडीमा माओवादीले जिते पनि हालका नगरप्रमुख ढाकुर ढकाल जनमोर्चाका नेता भएकैले भोट गएको अनुमान चितवनवासीले गरेका छन् ।

एमाले र माओवादीबीच भावनातमक एकता र अन्य क्षेत्रमा सहज उमेदवारी दिन सक्यो भने प्रचण्डको आधार बलियो हुन सक्छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०७४  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC