site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको नेतृत्वमा विकास गर्नुपर्ने समय आएको छ : लेखक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले राष्ट्रियता बलियो बनाएर सबैलाई मिलाएर कांग्रेसको नेतृत्वमा मुलुकको विकास गर्नुपर्ने समय आएको बताएका छन् । 

काठमाडौंमा केही पत्रकारहरुसँगको कुराकानीमा नेता लेखकले अब कांग्रेसको नेतृत्वमा सबै धर्म, जातजाति, भाषा–भाषी र हिमाल, पहाड, तराई–मधेश मिलाएर मुलुकको समृद्धिका लागि विकास गर्नुपर्ने समय आएको बताएका हुन् । ‘‘शान्ति प्रक्रिया, संविधान निर्माण र त्यसको कार्यान्वयन कांग्रेसको नेतृत्वमा भएको छ,’’ उनले भने, ‘‘अब कांग्रेसकै नेतृत्वमा सबै धर्म, जातजाति, भाषा–भाषी र हिमाल, पहाड, तराई–मधेश मिलाएर राष्ट्रिय एकता बलियो बनाउँदै देशको विकास गर्नुपर्ने बेला भएको छ ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

संघीयता, लोकतन्त्र, गणतन्त्र हुने र सामावेशी चरित्रको राज्य व्यवस्था हुने गरी कांग्रेसको नेतृत्वमा राजनीतिक विषय निष्कर्षमा पुगिसकेकाले अब देशमा विकास र समृद्धिको काल सुरुवात गर्नुपर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा आएको उनको भनाइ थियो । १० वर्षे जनयुद्ध, संविधान निर्माणमा लागेका झण्डै ६ वर्ष र संविधान कार्यान्वयनलाई अघि बढाउन लागेको समयले देशमा जनताको अपेक्षा अनुसार विकास निर्माणका काम हुन नसकेको स्वीकार गर्दै लेखकले भने, ‘‘शान्ति प्रक्रिया टुंगिएर संविधान कार्यान्वयन अघि बढिसक्यो, अब विकास र समृद्धिको समय आयो । जसबाट जनतालाई धनी बनाउने बेला भएको छ ।’’  

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि आशन्न निर्वाचनमा टिकट पाइसकेका नेता लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने नाराका साथ चुनावमा जान लागेको जानकारी दिए । ‘‘पार्टीले टिकट दिइसकेको छ । अब म कञ्चनपुरलाई त्रिदेशीय नाका बनाएर मुलुकको मुहार फेर्ने अभियानका साथ चुनावमा जाँदैछु,’’ उनले भने । 

Global Ime bank

महाकालीमा चार लेनको पक्की पुल, दोधारा–चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार महाकाली करिडोर बनाएर चीनको सीमा नाका ताक्लाकोट जोड्ने सडक निर्माण गरेर कञ्चनपुरलाई नेपालकै सबैभन्दा ठूलो त्रिदेशीय व्यापारिक नाका बनाउन सकिने लेखकले बताए । उनले कञ्चनपुरलाई एक दशकभित्रै त्रिदेशीय व्यापारिक नाकाका रुपमा विकास गर्नका लागि महाकाली नदीमा पक्की पुल निर्माणको काम सुरु गरिसकेको बताए । 

महाकाली नदीमा पक्की पुल र दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह बनाएर भारतको दिल्ली र आसपासका औद्यौगिक क्षेत्रसँग जोडे नेपालमा पनि औद्योगिकीकरणको ठूलो सम्भावना रहेको उनले दावी गरे । नेता लेखकले कञ्चनपुरलाई देशकै ठूलो नाका बनाउन सकिए ७ नम्बर क्षेत्र र समग्र नेपालको आर्थिक समृद्धिले फड्को मार्ने जिकिर समेत गरे ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०७४  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC