site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ (रासस) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताएका छन् ।

डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका समाजसेवी वासु पोखरेललगायत एक दर्जन नेता तथा कार्यकर्तालाई आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै उनले गोरखा जिल्ला वामपन्थी शक्तिको आधार क्षेत्र रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले माओवादी जनयुद्धको केन्द्रका रूपमा रहेको गोरखा जिल्लालाई आर्थिक, सामाजिक रूपमा विकासको उच्च शिखरमा पुर्याउने योजना आफूहरूसँग मात्रै रहेको दाबी गरे ।

अध्यक्ष दाहालले डा भट्टराईका पछिल्ला कदमले स्वयं भट्टराई र नयाँ शक्तिलाई संकटमा पारिरहेको बताए ।

Global Ime bank

गोरखा जिल्लाका नयाँ शक्तिका नेता पोखरेल सो पार्टीको केन्द्रीय परिषद् सदस्य तथा काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उमेदवार समेत हुन् ।

“सानो समूहबाट मुलुकको समृद्धि र राजनीतिक भविष्य सम्भव छैन“, माओवादी प्रवेश गर्दै नेता पोख्रेलले भन, “म विगतमा माओवादी केन्द्रमा नै सक्रिय थिएँ, बीचमा बाबुराम भट्टराईले केही गर्नुहुन्छ कि भन्ने ठानेर नयाँ शक्तिमा लागें । तर, नयाँ शक्ति आफ्नै अस्तित्वको संकटमा छ ।“

माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं. २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले नयाँ शक्तिबाट दिनहुँ माओवादी केन्द्रमा प्रवेशको लहर चलेको बताउँदै वाम गठबन्धनले जिते मात्र देशको स्थिरता र समृद्धि सम्भव हुने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०७४  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC