site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

दाङ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दाङमा ४३ वटा मतदान केन्द्र थप गरिएका छन् । जिल्लामा मतदान केन्द्रको संख्या ३९४ पुगेको छ । यसअघि ३५१ वटा मतदान केन्द्र रहेका थिए । सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा १२ वटा मतदान केन्द्र थप गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार तुलसीपुर उपमहानगरपालिकामा १० तथा लमही नगरपालिकामा र राप्ती गाउँपालिकामा छ÷छ वटा मतदान केन्द्र थपिएका छन् । गढवा र दंगीशरण गाउँपालिकामा तीन÷तीन तथा बबई, राजपुर र शान्तिनगरमा एक÷एक वटा मतदान केन्द्र थपिएका छन् । जिल्लामा मतदानस्थलको संख्या १५१ वटा कायम गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि स्थानीय तह निर्वाचनका लागि १५१ वटा मतदानस्थल र ३५१ मतदान केन्द्र निर्धारण गरिएको थियो । स्थानीय तह निर्वाचनका लागि दुई लाख ९१ हजार १७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । अहिले ४७ हजार ७८१ मतदाता थपिएसँगै ४३ वटा मतदान केन्द्र थप गरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए ।  

जिल्लामा तीन लाख ३८ हजार ९५३ मतदाता रहेका छन् । एक लाख ७२ हजार ८३३ महिला र एक लाख ६६ हजार ११८ पुरुष मतदाता रहेका छन् । घोराही उपमहानगरपालिकामा १५ हजार ८१० मतदाता, तुलसीपुर उपमहानगरमा १० हजार २०९, लमही नगरपालिकामा पाँच हजार १५५, गढवा गाउँपालिकामा तीन हजार ३८२, दंगिशरण गाउँपालिकामा एक हजार ६३० तथा बंगलाचुली गाउँपालिकामा एक हजार ४०७ मतदाता थपिएका छन् । 

Global Ime bank

त्यसैगरी, बबई गाउँपालिकामा एक हजार ८६६, राजपुर गाउँपालिकामा एक हजार ८९२, राप्ती गाउँपालिकामा पाँच हजार १६३ तथा पश्चिम शान्तिनगर गाउँपालिकामा एक हजार ७८१ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC