site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विराटनगर । शून्य समयमा सुरक्षाकर्मीबाट निष्पक्ष रुपमा अनुगमन तथा भारतबाट आयात हुने राजनीतिक दलको चुनाह चिन्ह अंकित टोपी, गञ्जी र गम्छा जफत गरी कारबाही गर्नुपर्ने शनिबार यहाँ आयोजित निर्वाचन अन्तक्र्रियामा दलहरुले सुझाव दिएका छन् । 

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरद्वारा आयोजित अन्तक्र्रियामा सहभागी दलका प्रतिनिधिले आचारसंहिता उल्लंघन गरेको विवरण दिँदा आयोगले कारबाही नगरेको, सुरक्षाकर्मीले सबै दललाई समान व्यवहार गर्नुपर्ने, आयोग मतदाता शिक्षामा गम्भीर हुनुपर्ने, सरकारी पक्षबाट हुने स्थानीय स्रोत र साधनको दुरुपयोगको नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै आयोग स्वतन्त्र संस्था भएको निर्वाचनमा निष्पक्ष कार्य गरी प्रमाणित गर्नुपर्ने, मतगणना कार्यका दक्ष कर्मचारीको व्यवस्था गर्नुपर्ने, मतदानपछि मतपेटिका ल्याउँदा राजनीतिक दलका एकजना प्रतिनिधिसँगै ल्याउनुपर्ने सहभागी दलका प्रतिनिधिले सुझाव दिएका थिए । 

सो अवसरमा मोरङ जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले आचारसंहिता पालना गर्न दलप्रतिवद्ध हुनुपर्नेमा जोड दिँदै मतदाता शिक्षामा दल सक्रिय रुपमा लाग्न आग्रह गरे । 

Global Ime bank

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै मोरङ जिल्लालाई राजनीतिक संस्कार भएको जिल्ला कायम राख्न दलसँग आग्रह गरे ।  

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले स्थानीय तथा भारतबाट आयात गरिने दलको चिन्ह अंकित टोपी, गम्छा र गञ्जी स्थलगत रुपमा नियन्त्रण गर्न अनुगमन गर्ने बताउँदै आगामी निर्वाचनमा मतगणना कार्यलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

कार्यक्रममा दलका प्रतिनिधिले आगामी कात्तिक १६ गते हुने उमेदवार दर्ता गर्न फरक÷फरक समयमा उपस्थित हुने प्रतिबद्धतासमेत प्रकट गरेका छन् ।  

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी नेपाल, राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति, राप्रपालगायत विभिन्न संघ संस्था र सञ्चारकर्मीको सहभागिता रहेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC