site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

इलाम । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा १७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्लाका १४४ वटा मतदान स्थलमा १७ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिए । जिल्लामा मतदान केन्द्रको संख्या २६६ पुगेको छ । यसअघि १४४ मतदानस्थल र २४९ मतदान केन्द्र रहेका थिए । 

जिल्लामा चारवटा नगरपालिका र छवटा गाउँपालिका रहेको छ । इलाम नगरपालिकामा चारवटा मतदान केन्द्र थपिएको छ । इलाम नगरपालिकामा अब मतदान केन्द्रको संख्या ४५ पुगेको छ । एक्काइस मतदानस्थल र ४७ वटा मतदान केन्द्र रहेको सूर्योदय नगरपालिकामा एउटा मतदान केन्द्र थपिएको छ भने देउमाई नगरपालिकामा चारवटा मतदान केन्द्र थपिएको छ । 

Agni Group

अठार मतदानस्थल र २७ मतदान केन्द्र रहेको देउमाईमा मतदान केन्द्र ३१ कायम गरिएको छ भने ११ मतदानस्थल र २४ मतदान केन्द्र रहेको माई नगरपालिकामा दुई मतदान केन्द्र थपिएको छ । चुलाचुली गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा दुई÷दुई मतदान केन्द्र थपिएको छ । यसअघि चुलाचुलीमा नौ मतदानस्थल र १८ मतदान केन्द्र तथा फाकफोकथुममा १४ मतदानस्थल र १९ मतदान केन्द्र रहेको थियो । 

त्यसैगरी, माङसेबुङ र रोङ गाउँपालिकामा एक÷एकवटा मतदान केन्द्र थप गरिएको छ । माङसेबुङमा १० मतदानस्थल र १६ मतदान केन्द्र तथा रोङमा १३ मतदानस्थल र १९ मतदान केन्द्र रहेका थिए । सन्दकपुर र माईजोगमाईमा केन्द्र थप भएको छैन् । सन्दकपुरमा १३ मतदानस्थल र १८ मतदान केन्द्र तथा माईजोगमाईमा ११ मतदानस्थल र २० मतदान केन्द्र छन् । 

Global Ime bank

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि इलाममा दुई लाख चार हजार ४६ मतदाता छन् । जसमध्ये ९९ हजार ३५० महिला, एक लाख चार हजार ६९४ पुरुष र दुई जना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC