site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

पोखरा । नेपाली कांग्रेसका शीर्ष नेताले वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा भएको बताएका छन् । 
नेपाली कांग्रेस कास्कीको आयोजनामा शनिबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेताले वाम गठबन्धन एक दलीय निरंकुश कम्युनिष्ट शासन तथा सर्वसत्तावाद कायम गराउने लक्ष्यका साथ अघि बढाइएको विचार व्यक्त गरे ।  

कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने प्रयासको थालनी भएकाले सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा जोड दिए ।  

“वाम गठबन्धनले आम सर्वसाधारणमा स्वतन्त्रताको हनन, अधिनायकवादको थालनी गर्ने जस्ता धेरै डर त्रास यतिखेर सर्वसाधारणमा छाएको छ,” उनले भने । “लोकतन्त्रको स्थापना र यसको संस्थागत विकासका लागि निरन्तर संघर्ष गर्दैआएको काँग्रेसले मात्र डर त्रास मुक्तसमाजको निर्माण गर्नसक्छ ।” 

Agni Group

लोकतन्त्रको रक्षा केवल कांग्रेसले मात्र गर्नसक्ने कुरा नेपाली जनताले बुझेको बताउँदै प्रधानमन्त्री देउवाले अहिलेको निर्वाचन लोकतन्त्रको संरक्षण, विकासवादी सोच र अधिनायकवादी सर्वसत्तावादी सोच बीचको भएको उल्लेख गरे । 

कार्यक्रममा अखण्ड पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री कुमार खड्का र उद्योगपति एवं पूर्व सभासद सूर्यबहादुर केसी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । 

Global Ime bank

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न संघ र प्रदेशको निर्वाचन लोकतन्त्र जोगाउने की अधिनायकवाद तर्फ फर्कने बीचको सिद्धान्तको लडाइँ भएको बताए ।  

“नेपालमा लोकतन्त्रको रक्षा गर्ने चुनौती देखिएको छ,” उनले भने,“लामो समयको संघर्ष र सहमतिले बनाएको संविधान उल्टाउने प्रयास भएको छ, दुई तिहाइ ल्याएर संविधान फेर्छौं भन्ने कुरा राम्रो होइन ।” 

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकजति समृद्धितर्पm अघि बढ्छ वामपन्थीको शक्ति त्यति घट्दै जाने तर्क गरे ।  

उनले अवको युग आर्थिक समृद्धि र विकासको युग भएकोले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली काँग्रेसको चारतारे झण्डामुनि समाहित हुन सबैसँग आग्रह गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC