site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पाँचथर । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै जिल्लामा चुनावी चहलपहल बढेको छ । 

निर्वाचनमा मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने छ । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेले प्रतिनिधि सभा र ‘क’ क्षेत्रबाट प्रदेश सभाको टिकट पाएको छ भने नेकपा माओवादी केन्द्रले प्रदेश सभाको ‘ख’ क्षेत्रबाट टिकट पाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधि सभाका लागि वाम गठबन्धनबाट वसन्तकुमार नेम्वाङ, प्रदेश सभा ‘क’ बाट गणेशकुमार काम्बाङ र ‘ख’ बाट इन्द्र आङ्बो मौसम चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका लागि कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्वे तथा प्रदेश सभा ‘क’ बाट पार्टी सभापति नरेन्द्रकुमार केरुङ र ‘ख’ बाट पार्टी महासमिति सदस्य सुरेन्द्रकुमार दाहाल चुनावी मैदानमा छन् ।  

लोकतान्त्रिक गठबन्धनलाई राप्रपा र राप्रपा प्रजातान्त्रिकले सहयोग गर्ने देखिएपछि कडा प्रतिस्पर्धा हुने देखिएको छ । तमोर जलाशय बनाएर जनताको घरघरमा उज्यालो बनाउँदै प्रदेश नं १ लाई समृद्ध बनाउँदै नमूना प्रदेश बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको एमाले ऊर्जा विभाग सचिव वसन्तकुमार नेम्वाङ बताउँछन् ।  

Global Ime bank

विसं २०७० को संविधान सभा निर्वाचनमा आफू पाँचथरको ‘क’ क्षेत्रबाट पराजित भए पनि जित्ने सांसदले भन्दा पाँचथरको विकास र समृद्धिको निम्ति काम गरेकाले आफूलाई जनताले भोट हालेर विजयी गराउनेमा विश्वस्त रहेको काँग्रेस पाँचथर ‘क’ क्षेत्रका उम्मेदवार नरेन्द्रकुमार केरुङ बताउँछन् ।  

यसअघि स्थानीय तहको निर्वाचनमा आठवटा स्थानीय तहको निर्वाचनमा कांग्रेसले प्रमुखमा चार, एमालेले तीन तथा माओवादी केन्द्रले एउटा तह जितेको थियो । पाँचथरको ‘ख’ क्षेत्रमा उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य इन्द्र आङ्बो मौसम हिजोका जनप्रतिनिधिले काम गर्न नसकेकाले अबको चुनावपछि वाम गठबन्धनबाट स्थायी सरकार बन्ने र त्यसले जनताको इच्छा आकांक्षा पूरा गर्ने भएकाले आफूले उम्मेदवारी दिएको बताउँछन् ।  

संविधान संशोधन ऐतिहासिक पृष्ठभूमिको आधारमा संघीय संरचना बनाउनको निम्ति आफ्नो उम्मेदवारी रहेको संघीय समाजवादी फोरम नेपालको तर्फबाट ‘ख’ क्षेत्रमा उमेदवारी दिएका एवीराज आङ्देम्वे बताउँछन् ।  

जिल्ला निर्वाचन कार्यालयले चुनावको तयारी अघि बढाएको जिल्ला निर्वाचन अधिकारी ध्रुबकुमार राईले बताए ।  जिल्लामा १२ वटा दलका २९ जना उमेदवार चुनावी मैदानमा छन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC