site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
  सांस्कृतिक एकताको पर्व छठ

देशलाई एकतासूत्रमा आबद्ध गर्नुका साथै समग्र राष्ट्रियता प्रवद्र्धनमा पनि निर्णायक भूमिका खेल्न सक्ने थुप्रै सांस्कृतिक अवयव छन्। त्यस्तै एउटा प्रतीक हो महपर्व छठ । प्रत्येक वर्ष शुक्ल षष्ठी (प्रदोष षष्ठी)को साँझ र सप्तमीको बिहान सूर्यलाई अर्घ्य दिई मनाइने यो पर्व चार दिने अनुष्ठान हो । सधैँजस्तैै यस वर्ष पनि यो पर्व प्रारम्भ भएको छ । मंगलवार नुहाइधुवाइ अर्थात् शुद्ध हुने क्रमबाट प्रारम्भ भएको यो पर्वअन्तर्गत बिहिवार मुख्य अनुष्ठानको आयोजना हुँदैछ । पर्वअन्तर्गत बुधवार खरना अर्थात् व्रतालुद्वारा व्रतको प्रारम्भ भइसकेकोछ । शुक्रवार सूर्यदेवलाई बिहानको अर्घ्य अर्पण गर्दे पारनको आयोजनापश्चात् पर्व समापन हुनेछ ।  

महपर्व छठ पछिल्लो कालखण्डमा एउटा भूगोलमा मात्र सीमित नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वको भइसकेको छ । पछिल्लो दिनमा आफ्नो महत्ताका करण यो पर्व विश्वका ती सबै क्षेत्रमा विस्तारित भइरहेको छ । यस अर्थमा आजको सन्दर्भमा यो पर्व अमेरिका, बेलायत, युरोपका विभिन्न देशमा समेत मनाउने गरिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो पर्व आज एउटा खास भूगोलमा सीमित रहेको पाइँदैन । विगतमा विभिन्न दायित्व, पेसा, रोजगारीका सन्दर्भमा देशका विभिन्न ठाउँमा पुगेका मैथिली÷भोजपुरीभाषीले आफ्नो सुविधाअनुकूल त्यहीँ यो पर्व मनाउने थाले र यो पर्वलाई राष्ट्रिय महत्त्वको बनाउन भूमिका निर्वाह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो दिनमा यो पर्व, पूर्वी पहाडको पाँचथर, ताप्लेजुंगदेखि पश्चिमको दार्चुला र डोटीलगायतका स्थानमा समेत मनाउने गरिएको पाइएको छ । देशको राजधानी काठमाडांैलगायत उपत्यकाका विभिन्न तलाउ—पोखरीमा भव्यतापूर्वक मनाउन थालिएको निकै वर्ष भइसक्यो । विसं २०२०—३० को दशकतिर उपत्यकाको कीर्तिपुर, बल्खु, कालिमाटी, कुलेश्वर क्षेत्रमा सामान्य ढंगले मनाउने गरिएको यो पर्व पछिल्ला वर्षमा पूरै उपत्यकामा विस्तार हुन पुगेबाट यो पर्वप्रतिको स्वीकृति र यसको सांस्कृतिक एकीकरणको क्षमता स्वतः स्पष्ट हुन आउँछ । र, यसै आधारमा पछिल्लो समयमा यो पर्व राष्ट्रिय एकता निर्माणको एक महत्वपूर्ण प्रतीक बन्न पुगेको छ भन्दा अत्युक्ति हुँदैन । 

यहाँ सन्दर्भ छठको छ, यसैमा केन्द्रित हुनु उचित हुन्छ । मूलतः यो पर्व सूर्योपासनासँग सम्बन्धित छ । यस पर्वमा सूर्यको उपासना गरी तिनैको पूजा अर्चना गर्ने गरिन्छ । शास्त्रीय मान्यताअनुसार यो पर्व कात्र्तिक शुक्ल षष्ठी तिथिमा मनाइन्छ । यसलाई प्रदोष षष्ठी पनि भनिन्छ । यो पर्व कहिलेदेखि मनाउन सुरु गरियो त्यसको यकिन गर्न सकिएको छैन । व्यवहारमा मैथिल सभ्यताको प्रारम्भसँगै यो पर्व प्रचलनमा रहेको विश्वास गरिन्छ । यो पर्वको उपासना विधिको विश्लेषण गर्दैगएका खण्डमा यो पर्व मूलतः प्रकृतिपूजनसँग सम्बन्धित रहेको पाउन सकिन्छ । यो पर्व जलाशय, नदी, पोखरी, ताल तलैयालगायतका जलस्रोत क्षेत्रमा उपस्थित भई सूर्यको उपासना गरी मनाइन्छ ।

Global Ime bank

पर्व मनाउने क्रममा जलस्रोत र सम्बन्धित क्षेत्रको शुद्धता र सफाइमा विशेष ध्यान दिइन्छ । यो शुद्धता र सफाइ कार्यले जल जीवनदायिनी हो र यसको संरक्षण र शुद्धता सृष्टिको कल्याणका लागि अपरिहार्य छ भन्ने सन्देश दिन्छ । यस पर्वमा चढाइने वस्तुहरू पनि प्रकृतिमै आधारित छन् । जस्तै उखु, बोटसमेतको हलेदो र त्यसबेला उपलब्ध अन्य कृषिखाद्य सामग्री । यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै सिकाउँछ । यसैगरी यो पर्वको केन्द्रीय पूज्य तत्त्व हो सूर्य । सूर्यलाई शक्ति मानिन्छ । यस आधारमा यो पर्व शक्ति पर्व पनि हो । सूर्य ऊर्जाकेन्दै्र त हो । यसै ऊर्जाले प्रकृति सृष्टि संचालित छ ।

ऊर्जाको अनुपस्थितिमा जीवन सञ्चालन हुनै सक्तैन । यस आधारमा सूर्यप्रति अनुग्रहित हुने पर्वका रूपमा पनि छठ पर्वको महत्त्व छ । मूलतः नेपालको मध्य तथा पूर्वी तराई—मधेसमा हर्षोल्लास र बडो श्रद्धापूर्वक मनाइने महापर्व छठ उदाउँदो र अस्ताउँदो सूर्यको उपासना गरी मनाइने गरिन्छ  । यो पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्ममूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ्य भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ । यो पर्वलाई स्वास्थ्य, निरोगिता र सन्तानप्राप्ति र कल्याण तथा परिवारको उन्नति र रक्षाको पर्वमा श्रद्धापूर्वक मनाइन्छ । 

माथि चर्चा गरिसकियो, यो पर्वले विस्तारै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वरूप ग्रहण गरिरहेको छ । छठ पूजाघाटको उपस्थिति विश्लेषणले पनि यो पुष्टि गर्छ । सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन त्यसरी नै छठ पर्वले पनि कसैलाई भेदभाव गर्दैन । पूजा र उपासनामा कसैलाई निषेध गर्दैन । छठ घाटमा मधेशीमात्र उपस्थित हुँदैनन् । हिन्दूमात्र पनि उपस्थित हुँदैनन् । सम्पन्न, धनी र हुनेखानेमात्र सहभागी हुँदैनन् । जातपातका आधारमा छुवाछुत देखिँदैन ।  छठ पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन । सबैले आत्मसम्मान र प्रतिष्ठासहित जीवनयापन गर्न सकून्, छठ पर्वको सन्देश विश्लेषण गर्ने हो भने पनि सारमा यही कुरा बुझ्न सकिन्छ—सर्वजन हिताय सर्वजन सुखाय । जहाँ आस्था हुन्छ त्यहाँ विश्वास हुन्छ । संशय र आशंका हुँदैन । छठका सन्दर्भमा यो दृष्टिकोण स्पष्टतः दृष्टिगोचर हुन्छ ।

यही कारण हो, यो पर्वले आज झन्डै अन्तर्राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । पछिल्लो समयमा राज्यले यस पर्वको सामाजिक महत्त्व बोध गरेको छ र एक दिनको बिदा दिने गरेको छ । तर, यो चारदिने पर्व हो र निकै कष्टसाध्य पर्व हो । सरकारले साँझको सूर्य अर्घ्यका लिन बिदा गरेको छ तर यो अपर्याप्त छ यसमा सहजीकरण गर्दै भावी दिनमा विहानको अर्घ्यका दिन पनि सार्वजनिक बिदा आवश्यक देखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०७४  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC